कोस्टारिकासँगको नाटकीय जितबारे नेइमारले यसो भने

कोस्टारिकासँगको नाटकीय जितबारे नेइमारले यसो भने

  • , 4.3K जनाले हेर्नुभयो
  • 4.3K
    SHARES

  • कोस्टारिकासँगको नाटकीय जितबारे नेइमारले यसो भने

    हामीले कोस्टारिकासँग नाटकीय जित हात पारेका छौं । यस खुसीलाई म शब्दमा बयान गर्न सक्दिनँ । खेलमा धेरै मेहनत गरेका थियौं । मलाई लाग्छ, हामीले पेनाल्टी नै पाएका थियौं । तर, रेफ्रीले सुरुमा पेनाल्टी दिने निर्णय गरे र पछि भीएआरको सहायतामा नदिने निर्णय भयो ।

    खेलको अन्तिमसम्म सबै खेलाडीले एउटै लयमा मेहनत ग¥यौं । मौका पाएर पनि गोल भइरहेको थिएन । अन्तिममा फिलिप कोउटिन्होेको गोल सम्भव भएपछि सबै रमायांै । खेल सकिन लाग्दा मैले स्वयं गोल गरेँ । त्यसपछि खुसीको आँसु थाम्न सकिनँ ।

    मेरो विषयमा सामाजिक सञ्जालमा धेरै तर्क र वितर्क भएका थिए । टोलीका सबैले धेरै मेहनत गरेर जित्यौं । अब हाम्रो एउटै लक्ष्य सर्वियासँग राम्रो खेल्दै अगाडि बढ्ने हो । धन्यवाद छ, टोलीका सबैलाई ।
    –नेमार, ब्राजिल टोलीका स्ट्राइकर

    सम्बन्धित खवर