खेल्न नजानेर होइन, खेल्न नसकेर हार्‍यो अर्जेन्टिना

खेल्न नजानेर होइन, खेल्न नसकेर हार्‍यो अर्जेन्टिना

  • , 6.7K जनाले हेर्नुभयो
  • 6.7K
    SHARES

  • खेल्न नजानेर होइन, खेल्न नसकेर हार्‍यो अर्जेन्टिना

    केही सवारी साधनको पछाडि लेखिने यो बिम्बात्मक वाक्यांशको सीधा अर्थ हो महत्वपूर्ण समयमा गल्ती नगर, यदि गर्यौ भने तिमीसँग अर्को विकल्प छैन । दुर्घटनामा एउटा सामान्य गल्तीले जीवनको समाप्तीसम्म हुन सक्छ भने खेल या युद्ध त्यही एउटै गल्तीले सम्भावनाका सबै ढोका बन्द गरिदिन्छ । हामी दुर्घटनालाई पछाडि छोडेर, युद्धलाई बिर्सेर खेलतिर लागौँ, विश्वकप तिर लागौँ l

    विश्वकपको ट्रफी चुम्ने लक्ष्य लिएर रसिया पुगेको टिम अर्जेन्टिनाले एउटा होइन, बारम्बार गल्ती गरिरह्यो गरिरह्यो ! टिम अर्जेन्टिनाले गल्ती कहाँ गर्यो भन्दा पनि गल्ती कहाँनेर गरेन भनेर खोज्नुपर्ने भयो । कोचको रुपमा न साम्पोलीले स्पष्ट रणनीति बनाएको देखियो, न मैदानमै खेलाडीले मेहनत गरेको देखियो न खेल जित्ने प्रयास उत्कृष्ट थियो न विपक्षीलाई रोक्ने कोशिस नै l

    विश्वकप छनोटमा खासै राम्रो प्रदर्शन गरे पनि २०१४ को विश्वकप तथा २०१५ र २०१६ को कोपा अमेरिका फाइनल खेलेको अर्जेन्टिना स्टार खेलाडीसहित रसिया पुगेको थियो ।  फुटबलप्रेमीहरुले राम्रो खोलोस् भन्ने चाहाना गरिरहेका बेला खेल विश्लेषकहरुले राम्रो खेल्ने आँकलन समेत गरेका थिए । तर प्रशंसकको चाहाना र खेलाडीको बिगतको प्रदर्शनकै आधारमा यही टिमले मैदानमा राम्रो गर्छ भन्न सकिन्न विशेष गरी विश्वकप जस्ता ठूला प्रतियोगिताहरुमा l

    क्लबमा सफल देशमा फ्लप

    अर्जेन्टिनाका खेलाडी स्टार यस अर्थमा कि म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका स्ट्राइकर सर्जियो अगुएरो र डिफेन्डर निकोलस ओटामेन्डी टोलीमा थिए ।

    त्यसैगरी युभेन्ट्सलाई इटालियन सिरी ए जिताउन मुख्य भूमिका खेलेका पाउलो ड्याबाला र गोन्जालो हिगुइन पनि अर्जेन्टाइन टिममा थिए । अर्कातिर फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेनलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका एन्जेल डी मारिया र जिओभानी लो सेल्सो पनि टोलीमा थिए ।

    अर्कातिर विश्वभरका फ्यानहरु बार्सिलोना स्टार लियोनेल मेसीप्रति पूर्ण भरोसमा थिए । उनीसहित विश्वका प्रसिद्ध लिगमा खेल्ने स्टार खेलाडी पनि थिए टिममा l

    ‘खेल्न नजानेर होइन, खेल्न नसकेर” हारेको हो अर्जेन्टिना । मैदानमा खेलाडीको स्टारडमले र भाग्यले भन्दा ९० मिनेटको खेल कौशल र रणनीतिले अहम् भूमिका खेल्छ भन्ने बुझ्न अर्जेन्टिनाले रसिया विश्वकपका समुह डी का दुई खेल हेरे मात्र काफी हुन्छ l

    मैदानमा एकदमै कम अवसर सिर्जना हुन्छ । एक त त्यस्तो अवस्थामा पाएको अवसरमा चुक्नु र विपक्षीलाई अवसर दिनु दुर्भाग्यले होइन कमजोरीले नै हो । यस हिसाबले हेर्दा एकदम कमजोर देखियो अर्जेन्टिना, समुह बिजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रिएको टिम अर्जेन्टिना पहिलो खेलमा आइसल्यान्डको टेन म्यान डिफेन्ससामू निरिह त बन्यो नै कप्तान मेसीले पेनाल्टी पनि कमजोर प्रहार गर्दा आइरिस किपर हाल्डोरसनले सहजै बचाइदिए ।

    बल खेलाएर जितिन्न

    मैदानमा अर्जेन्टिनाले जति बल खेलाए पनि राम्रो अवसर समेत सिर्जना गर्न नसकेको साथै नव प्रवेसि आयरल्याण्डको उत्कृष्ट प्रदर्शनले पहिलो खेल १-१ को बराबरीमा टुंगियो l समुह बिजेता बन्न पर्ने दबाब थपिँदै गएको सन्दर्भमा १ अंक बोकेर दोश्रो खेल जित्नै पर्ने दबाबसहित मैदानमा उत्रिएको अर्जेन्टिनालाई क्रोएसियाले नमिठो हार चखायो ।

    पहिलो खेलमा नाइजेरियालाई जितेर उच्च मनोबल साथ उत्रिएको क्रोएसियाले ३-० को ‘धुलो चटाएर’ प्रमाणित गरिदियो कि खेल जित्न भाग्यको साथ चाहिने होइन सही समयमा पाएका अवसरलाई सदुपयोग गरे मात्र विपक्षीलाई ठूलो अन्तरले हराउन सकिन्छ l

    किपरको अक्षम्य गल्ती

    जित्नैपर्ने दबाबबीच किपरको सामान्य गल्तीले विपक्षीलाई सहज मौका दिई पहिलो गोल खानुले खेलाडीको मनोबलमा कति असर पर्न सक्छ र विपक्षीको मनोबल बढाउन कति अहम् हुन्छ भन्ने त्यहाँपछिको प्रदर्शनलाई हेरेर पनि बताउन सकिन्छ ।

    ५३ औं मिनेटमा क्याबालेरोको हेलचेक्र्याईपूर्ण खेलले १ गोलले पछि परेको अर्जेन्टिनासँग खेलमा फर्कन पर्याप्त समय त थियो तर ८० औं मिनेटमा लुका मोड्रिकले डी एरियाको ठीक बाहिरबाट प्रहार गरेको उत्कृष्ट सटले अर्जेन्टिनाको सपना माथि पानि फेरिदियो ।

    ९० औं मिनेटमा इभान राकिटिचले पाएको सहज पासलाई गोलमा परिणत गर्दा फुटबल स्टारडमले र भाग्यले खेलिने खेल पटक्कै होइन भन्ने फेरिक एकपटक प्रमाणित भयो ।

    समस्यामा थियो अर्जेन्टिना

    स्टार खेलाडीले भरिएको टिम भए पनि अर्जेन्टिना आफ्नै खाले समस्या लिएर रसिया पुगेको थियो, म्यानचेस्टर युनाइटेडमा दोश्रो रोजामा परे पनि सर्जियो रोमेरोले सन् २०१४ को विश्वकप र पछिका खेलमा पनि अर्जेन्टिनाको जर्सीमा निकै राम्रो प्रदर्शन गरेका थिए ।

    तर म्यानचेस्टर युनाइटेडमा नियमित रुपमा लिगमा खेल्न नपाउनु नै उनको फिट्नेस समस्या भइदियो । त्यही समस्याले उनलाई ट्रेनिङ्गमा धोका दियो ।  उनी घाइते भएपछि उनको अभाव टिममा स्पस्ट देखियो l

    चेल्सीबाट दोश्रो रोजाइमा खेल्ने विल्फ्रेडो क्याबालेरोले अर्जेन्टिनाको पोष्ट सम्हाल्दा बारम्बार गल्ती गरिरहेका थिए । बल कन्ट्रोलमा मात्र होइन पास दिन पनि समस्या भइरहेको प्रष्ट देखियो l

    स्टार खेलाडी नै फ्लप

    डिफेन्समा ओटामेन्डीले राम्रो गरे पनि पहिलो खेलमा राम्रो खेलेका मार्कोस रोहोले दोश्रो खेलमा अवसर नै पाएनन् । अन्य खेलाडीले औसत खेले पनि मेसी, अगुएरो, मास्चेरानो जस्ता नाम चलेका खेलाडीले आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेनन् ।

    हिगुइन, पाब्लो ड्याबला, क्रिस्चियन पाभोनहरुले पर्याप्त अवसर पाएनन् साथै उत्कृष्ट कोच भनिएका साम्पोलीले बारम्बार फर्मेसन परिवर्तन गरिरहे । पहिलो खेलमा ४-४-२ को फर्मेसनमा उत्रिएको टिम दोश्रो खेलमा ३-४-३ को फर्मेसनमा उत्रिएको थियो ।

    तर मध्यपंक्तिमा कुनै पनि खेलाडीले सामान्य प्रदर्शन गर्न समेत सकेनन् । यसले न डिफेन्स बलियो देखियो न अग्रपंक्तिमा बल नै उपलब्ध भयो, यही रणनीति र फर्मेसनबीचमा खेलाडीहरु अल्मलिएका देखिए भने मैदानमा जे जे भयो सबै विपक्षीको फेबरमा थियो l

    ६० वर्षपछिको लज्जा

    समुह चरणमा १९५८ मा चेकोस्लोभाकियासँग ६-१ ले पराजित अर्जेन्टिनाको ६० वर्षपछि समुह चरणमा क्रोएसिया संग ३-० को पराजय अर्को खराब प्रदर्शन थियो अर्को खराब हार थियो ! पछिल्ला ११ वटा विश्वकपमा समूह चरणका सुरुवाती दुवै खेल जित्न नसकेको पहिलो पटक थियो l

    सन् १९५८, सन् १९६२ र सन् २००२ मा समूह चरण पार गर्न नसकेको अर्जेन्टिनाको फेरि एकपटक त्यही हालत नदोहोरियोस् भन्ने कामना एक असल समर्थकबाट गरेको छु । नकआउट चरणमा प्रवेश गर्ने झिनो आशाबीच आउने खेलमा नतिजा आफ्नो पक्षमा पार्दै बिग्रिएको लय  सुधार्दै समूह चरण पार गरोस् भन्ने शुभकामना पनि दिन्छु ।

    सम्बन्धित खवर