कम्युनिस्टमोहले अमेरिकी सैनिकको जागिर गयो आखिर किन ?

कम्युनिस्टमोहले अमेरिकी सैनिकको जागिर गयो आखिर किन ?

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • कम्युनिस्टमोहले अमेरिकी सैनिकको जागिर गयो आखिर किन ?

    एजेन्सी : कम्युनिस्ट मोहका कारण एक अमेरिकी सैनिकको जागिर गएको छ। हालै अमेरिकाको सैनिक महाविद्यालय ‘युनाइडेट स्टेट्स मिलिटरी एकेडेमी’ बाट सैनिक क्याडेट परीक्षा उत्तीर्ण गरेका उनी सेवाबाट बर्खास्त भएका हुन्।

    उनको कसुर के थियो भने उनले चे ग्वेभाराको फोटो भएको टिसर्ट लगाएका थिए र आफ्नो टोपीको भित्रपट्टी ‘कम्युनिस्टहरू विजयी हुनेछन्’ लेखेका थिए।

    स्पेन्सर र्‍यापोन नामक ती २६ वर्षीय युवाले समाजवादी आन्दोलनका विम्ब ग्वेभाराको फोटो भएको टिसर्ट लगाएको फोटोसहित अन्तर्राष्ट्रिय मिडियाले समाचार बनाएका छन्। हामीले गार्डियनबाट दुईवटा फोटो लिएका छौँ।

    उनलाई सैनिक नियमविपरीतका काम गरेको अभियोग लगाइएको थियो। उनले इन्टरनेटमा समाजवादी आन्दोलनको पक्षमा विचारहरू व्यक्ति गरेको सैनिक अनुसन्धानले देखाएको छ। उनले एउटा हात मुठ्ठी पारेर सलाम समेत गरेको फोटोमा देखिन्छ।

    ‘म आफूलाई क्रान्तिकारी समाजवादी मान्छु’, २६ वर्षीय स्पेन्सरलाई उद्‍धृत गर्दै गार्डियनले लेखेको छ, ‘म अन्य सैनिकहरू जोसँग विवेक छ र हतियार फालेर मेरो अभियानमा लाग्न चाहन्छन्, उनीहरूलाई साम्राज्यवादको एजेन्टको सेवा गर्नुभन्दा क्रान्तिकारी अभियानमा जोडिन आग्रह गर्छु।’

    सम्बन्धित खवर