डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

  • , 4.9K जनाले हेर्नुभयो
  • 4.9K
    SHARES

  • डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

    थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

    यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो ।

    वर्षात्को समयमा औसतमा दश हजार जना यसबाट प्रभावित हुने गरेको रोग नियन्त्रण विभागका महानिर्देशकले जानकारी दिनुभयो ।

    प्रभावितमध्ये अधिकांश १० देखि १४ वर्ष उमेर समूहका रहेका पाइएको पनि उहाँले बताउनुभयो ।

    यसलाई नियन्त्रण गर्नका लागि विभागले देशव्यापी अभियान पनि चलाएको छ । अभियानअन्तर्गत घर, विद्यालय, अस्पताल, होटल, कारखाना, कार्यालय, मन्दिरलगायतका सार्वजनिक स्थल तथा मानिस धेरै बस्ने ठाँउमा लार्भा नष्ट गर्ने गरिएको उहाँको भनाई छ । Nepal samachar patra bata

    International Updates:
    अमेरिकाको निर्णयबाट अष्ट्रेलिया निरास

    सिड्नी

    संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अगल हुने संयुक्त राज्य अमेरिकाको घोषणाबाट अष्ट्रेलिया निरास भएको छ ।

    अमेरिकाको यो निर्णयबाट संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (यूएनएचआरसी) पछाडि गएको अष्टे«लियाका विदेश मन्त्री जुली विसपले बुधबार बताउनुभएको छ ।

    अमेरिकाको यूएनएचआरसीबाट छुट्टिने निर्णयबाट अष्ट्रेलिया निरास भएको विदेशमन्त्री जुलीको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

    संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीले यस परिषद्माथि राजनीतिक पूर्वाग्रहरूपी फोहोर थुपार्ने खाल्डो, कपटी, पाखण्डी र इजरायलको विरोधीजस्ता अनेक आरोप लगाउँदै अमेरिका यस परिषद्बाट छुट्टिएको घोषणा गर्नुभएको थियो ।

    राजदूत हेलीले विदेशमन्त्री माइक पोम्पेओसँग वासिङ्टनमा भएको संयुक्त पत्रकार सम्मेलनमा मानव अधिकार परिषद्बाट अलग हुने अमेरिकी निर्णय सार्वजनिक गर्नुभएको हो ।

    सम्बन्धित खवर