सडक दुर्घना: एकै परिवारका १५ जनाको मृत्यु

सडक दुर्घना: एकै परिवारका १५ जनाको मृत्यु

  • , 6K जनाले हेर्नुभयो
  • 6K
    SHARES

  • सडक दुर्घना: एकै परिवारका १५ जनाको मृत्यु

    मध्यप्रदेश । भारत मध्यप्रदेशको मुरैनामा भएको सडक दुर्घटनामा परि एकै परिवारका १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र ७ पुरुषको रहेका छन् ।

    बिहीबार विहान बालुवा बोकेको ट्रैक्टरको ट्रलीले जीपलाई टक्कर दिएको हो । दुर्घटनामा ६ जना घाइते भएको छन् । जसमा २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    भारतीय प्रहरीका अनुसार जीपमा ग्वालियर जिल्लाको बडेरा गाउँका एकै परिवारका २१ जना सवार थिए । उनीहरु एक नातेदारको अन्तिम दाहासंस्कार कार्यक्रममा सहभागी हुन मुरैना जिल्लाको घुरघान गाउँ गइरहेका थिए ।

    ट्रैक्टरको ट्रलीमा चालकले अवैध बालुवा दुवानी गरेको थियो र प्रहरीबाट बच्न उनले तीब्र गतिमा ट्रैक्टर चलाइरहेका थिए । मुरैनाबाट ४ किलोमिटर टाढा रहेको अम्बाह सडक खण्डको गञ्जरामपुरमा ट्रैक्टरले जीपलाई ठक्कर दिएको हो ।

    ट्रैक्टर चालक फरार रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार ट्रैक्टरले जीपलाई यति जोडले ठक्कर दिएको थियो जसका कारण जीप पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । ट्रैक्टर र जीपमा बीचमा शव चेपिएका थिए । प्रहरीले स्थानीयको सहयोगमा जीपलाई काटेर शव निकाका थिए ।

    मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख प्रकट गर्दैमा मृतकलार्ई श्रद्धाञ्जलि दिएका छन् । घटनाबारे जानकारी पाउनसाथै स्वास्थ्य मन्त्री रुस्तम सिंह घटनास्थल पुगेका छन् । उनले घाइतेहरुसँग कुराकानी गरको थिए ।

    यो पनि पढ्नुसः रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन शान्ति बीमा योजना

    काठमाडौं, (नेस)
    रिलायन्स लाइफ इन्स्योरेन्सले ग्राहकका लागि जीवन शान्ति बीमा योजना अघि ल्याएको छ । १६ वर्षको उमेरदेखि नै लिन गर्न सकिने यो बीमा योजनाअन्तर्गत न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने भवितव्यबाट आर्थिक स्थिरता तथा पूर्ण जोखिम प्रदान गर्दछ ।

    यो योजनाको विशेषता भनेको न्यून बीमा शुल्कमा आश्रितको भविष्य सुरक्षित गर्नु रहेको कम्पनीले जनाएको छ ।

    जीवन शान्ति बीमा योजनासँगै विभिन्न अतिरिक्त सुविधा पनि बीमितले लिन सक्ने कम्पनीको भनाइ छ ।

    कम्पनीले घातक रोगविरुद्धको अतिरिक्त सुविधा पनि अघि ल्याएको छ । कम्पनीले ७ र ११ वा १८ विभिन्न घातक रोगबाट हुन सकिने मानवीय हानीलाई मध्येनजर गरी यो सुविधा सार्वजनिक गरेको हो । नेपालमा १८ घातक रोगविरुद्ध अतिरिक्त सुविधा लिएर आउने रिलायन्स लाइफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी हो ।

    बीमितले न्युनतम बीमा शुल्क तिरेर १८ वटासम्म घातक रोगविरुद्ध यो सुविधाको लाभ लिन सक्नेछन् । यस अतिरिक्त सुविधा लिएमा बीमितलाई कुनै पनि एक घातक रोग लागेको चिकित्सकीयरुपमा प्रमाणित भएमा कम्पनीले अधिकतम् ५० लाखसम्म एक मुष्ठ रकम प्रदान गर्नेछ । यो अतिरिक्त सुविधा विभिन्न बीमा योजनासंग संयुक्त रुपमा लिने सकिनेछ ।

    सम्बन्धित खवर