साउदीविरुद्ध स्वारेजको निर्णायक गोल, उरुग्वेको जित

साउदीविरुद्ध स्वारेजको निर्णायक गोल, उरुग्वेको जित

  • , 5.9K जनाले हेर्नुभयो
  • 5.9K
    SHARES

  • साउदीविरुद्ध स्वारेजको निर्णायक गोल, उरुग्वेको जित

    असार ६, मोरङ, समूह ‘ए’बाट उरुग्वेले दोस्रो जित निकालेको छ । दोस्रो चरणको खेलमा साउदी अरेबियाविरुद्ध १–० को जित निकाल्दै उरुग्वे ६ अंक बनाएको छ । साउदीलाई हराउन स्टार खेलाडी लुइस स्वारेजले एक गोल गरे ।

    खेलको २३ औं मिनेटमा स्वारेजले कर्नरबाट आएको बललाई गोलमा परिणत गरे । पहिलो हाफ १–० को अग्रतामा रहेको उरुग्वेले दोस्रो हाफ एकदमै आक्रामक खेल्यो तर, दुबै टोलीले दोस्रो हाफमा गोल गरेनन् र उरुग्वेको जित भयो ।

    जितसँगै उरुग्वेले विश्वकप नकअाउटमा छनाैट भएकाे छ । साथै उरुग्वेले समूह एबाट दोस्रो स्थान कायम गरेको छ ।आयोजक रसियासँग पनि ६ अंक भएतापनि उसले गोलका कारण शीर्ष स्थान बनाएको हो ।कोशी अनलाइन

    सम्बन्धित खवर