श्रीलंकामा निधन भएका माउण्टेन बाइकर महर्जन शवयात्रासहित विदाई

श्रीलंकामा निधन भएका माउण्टेन बाइकर महर्जन शवयात्रासहित विदाई

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • श्रीलंकामा निधन भएका माउण्टेन बाइकर महर्जन शवयात्रासहित विदाई

    श्रीलंकामा प्रतियोगिता दौरान निधन भएका नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनलाई बिहिबार श्रद्धाञ्जली दिइएको छ। बुधबार साँझ श्रीलंकाबाट काठमाडौं ल्याइएको उनको शव श्रद्धञ्जलीका लागि त्रिपुरेश्वरस्थित राखेप कार्यालय परिसरमा राखिएको थियो।

    अन्तर्राष्ट्रिय प्रतियोगिता रम्बल इन द जंगलमा भाग लिन श्रीलंका गएका महर्जनको गत बिहीबार असार ३० गते बेलुका महाबेली नदीमा खसेर मृत्यु भएको थियो।

    ५ स्टेजको साहसिक प्रतियोगिताकै क्रममा उनी नदि पार गर्ने क्रममा नदिमा खसेका थिए।

    राजधानी कोलम्बोबाट २३० किलोमिटर दक्षिण–पूर्वमा रहेको कुदा ओया नदीमा डुबेका उनलाई नजिकैको बाँधबाट प्रहरीले मृत शरीर फेला पारेको थियो।

    साइक्लिङ खेलको क्रश कन्ट्रि विधामा २०६२ जेठ २३ देखि नेपालका लागि खेल्दै आएका ३३ वर्षीय महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई १४ स्वर्ण, १३ रजत र १२ कास्य पदक जितेका थिए।

    श्रीलंकन एअरलाइन्सको आयोजनामा यही जुन ९ देखि १५ तारिखसम्म चल्ने ‘रम्बल इन जंगल’ प्रतियोगितामा नेपाल ,भारत, बेलायत लगायत ३९ देशका बाइकरहरुको सहभागिता थियो । रेसमा महर्जनसहित अजय पण्डित क्षेत्री र बुद्धि बहादुर तामाङले नेपालबाट सहभागिता जनाएका थिए।

    सम्बन्धित खवर