‘गुमाउनु पर्ने केही नभएको’ क्रोएसियालाई जित्नै पर्ने अर्जेन्टिनालाइ दबाब

‘गुमाउनु पर्ने केही नभएको’ क्रोएसियालाई जित्नै पर्ने अर्जेन्टिनालाइ दबाब

  • , 3.9K जनाले हेर्नुभयो
  • 3.9K
    SHARES

  • ‘गुमाउनु पर्ने केही नभएको’ क्रोएसियालाई जित्नै पर्ने अर्जेन्टिनालाइ दबाब

    विश्वकप फुटबलमा आज राति लियनोल मेसीको अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ।

    जारी विश्वकपको पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको अर्जेन्टिनालाई ‘राउण्ड १६’ मा पुग्न आज जित आवश्यक छ। नाइजेरियालाई २-० ले पराजित गरेर स्पष्ट ३ अंक पाएको क्रोएसिया अर्जेन्टिनालाई कम्तीमा बराबरीमा रोक्न चाहन्छ।

    अर्जेन्टिनाले आज टोलीमा केही परिवर्तन गर्ने  भएको छ। मार्कोस अकुनालाई आज ‘प्लेइङ इलेभेन’ मा समेट्ने तयारी अर्जेन्टिनाको छ। उनलाई लेफ्ट ब्याक र आउटसाइड मिडफिल्डमा खेलाउने तयारी गरिरहेको प्रशिक्षक जर्ज सामपाउलीले जानकारी दिएका छन्।

    सामपाउलीले खेल शैलीमासमेत परिवर्तनको तयारी गरिरहेका छन्। आइसल्याण्डविरुद्धको खेलभन्दा एक दिन अघि नै ‘प्लेइङ इलेभेन’ सार्वजनिक गरेका सामपाउलीले यसपटक टोली घोषणा गरेका छैनन्। आइसल्याण्डविरुद्धको खेलमा अर्जेन्टिना फिनिसिङमा चुकेको थियो। पेनाल्टीसहित पोष्टमा १० प्रहार गरेका मेसी गोल गर्न असफल भएका थिए।

    अर्कोतर्फ क्रोएसियाले पनि आज टोलीमा केही परिवर्तन गर्दैछ। ट्रेनिङ सेसनमा प्रशिक्षक जाल्कोट दालिकले नयाँ खेलाडीलाई मौका दिएका थिए। दालिकले खेलअघि आफ्नो टोलीसँग गुमाउनु पर्ने केही नभएको प्रतिक्रिया दिएका छन्। क्रोएसियाले अर्जेन्टिनाविरुद्ध बलको पोजिसन बढाउने संकेत गरेको छ। अर्थात् अर्जेन्टिनाविरुद्ध क्रोएसिया रक्षात्मक खेल खेल्ने तयारीमा छ। बार्सिलोनमा मेसीका सहकर्मी आइभन राकेटिचले उनका विषयमा थाहा नभएको कुनै कुरा बाँकी नरहेकाले खेल्न सहज हुने प्रतिक्रिया दिएका छन्।

    नाइजेरियाविरुद्ध गोल गरेका क्रोएसियाका फरवार्ड लुका माड्रिचलाई रोक्नु अर्जेन्टिनाका लागि चुनौती छ। उनी रियल म्याड्रिडबाट व्यवासायिक फुटबल खेल्छन्।

    क्रोएसिया र अर्जेन्टिना पाँचौ पटक आज विश्वकपमा भिड्न लागेका हुन्। चार भिडन्तमा दुई पटक अर्जेन्टिनाले जितको छ भने एक पटक क्रोएसिया विजयी भएको छ। एक खेल भने बराबरीमा टुङ्गिएको छ। मेसीले क्रोएसियाविरुद्धका दुई खेलमा गोल गरेका छन्।

    क्रोएसियाले विश्वकपका पछिल्ला पाँचै संस्करणका हरेक खेलमा गोल गरेको छ।

    खेल राति पौने १२ बजे रसियाको नेज्नी नोभगराजमा हुनेछ।

    सम्बन्धित खवर