कोशी ब्यारेजमा जेसिबी बोकेको ट्रक खस्यो, दुईको मृत्यु

कोशी ब्यारेजमा जेसिबी बोकेको ट्रक खस्यो, दुईको मृत्यु

  • , 3.9K जनाले हेर्नुभयो
  • 3.9K
    SHARES

  • कोशी ब्यारेजमा जेसिबी बोकेको ट्रक खस्यो, दुईको मृत्यु

    सुनसरी / कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नंम्बरको ढोका नजिकबाट नम्बर नखुलेको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको हो ।

    प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ । उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

    ब्यारेजको १९–२० नंम्बरको ढोका नजिक ठुलो खाडलको कारण ट्रक पल्टिएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा ब्यारेज मर्मतको लागी खटिएका कर्मचारी समेत परेका छन ।

    उनिहरुलाई ट्रकले किचेर कोशीमा झरेको थियो ।

    घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित खवर