एसईई (SEE) परीक्षाको नतिजा बारे आयो यस्तो खबर

एसईई (SEE) परीक्षाको नतिजा बारे आयो यस्तो खबर

  • , 6.5K जनाले हेर्नुभयो
  • 6.5K
    SHARES

  • एसईई (SEE) परीक्षाको नतिजा बारे आयो यस्तो खबर

    काठमाडौँ । असारको दोस्रो सातामा एसइइको नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो ।तर, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिकका लागि उत्तरपुस्तिका ‘इन्ट्री र रुजु’ गर्ने काम भइरहेकाले त्यो काम सकेपछि मात्रै नतिजा सार्वनिक हुने जानकारी दिएका छन् । सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको उनले बताए ।

    यसका साथै उनले नतिजा सार्वजनिक भइसकेको भन्ने विभिन्न सञ्चारमाध्यममा आएका हल्लाका पछि नलाग्न सचेत समेत गराएका छन् । परीक्षा नियन्त्रक रेग्मीले समयमै नतिजा सार्वजनिक गर्न बोर्डले काम गरिरहेपनि केही प्राविधिक समस्याका कारण केहीदिन ढिला हुन गएको बताए ।

    यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।

    एसईई (SLC) परीक्षा दिएर बसेका विद्यार्थीहरूलार्इ खुशीको खबर……………… यो सुचना सक्दो शेयर गरिदिनुहोला ताकि हाम्रो विद्यार्थी भाइबहिनीहरूलाइ जानकारी होस।

    सम्बन्धित खवर