विश्वकै धनी जेफ बेजोसको कति छ सम्पत्ति ?

विश्वकै धनी जेफ बेजोसको कति छ सम्पत्ति ?

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • विश्वकै धनी जेफ बेजोसको कति छ सम्पत्ति ?

    सानफ्रान्सिस्को: अनलाइन सपिङ साइट अमेजनका स‌ंस्थापक तथा सीईओ जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा फेरि दरिएका छन् । अमेरिकाको चर्चित म्यागेजिन फोर्ब्सका अनुसार उनी १४१.९ बिलियन अमेरिकी डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्तिको सूचीमा रहेका हुन् ।

    फोर्ब्सले सोमबार अपडेट गरेको अर्बपतिहरुको सूचीको पहिलो नम्बरमा रहेका उनले बिल गेट्स र वारेन बफेटलाई धेरै पछि पारेका हुन् । गत जुन १ देखि बेजोसको आम्दानी ५ बिलियन अमेरिकी डलर भन्दा धेरैका दरले बढेपछि माइक्रोसफ्टका स‌ंस्थापक बिल गेट्सलाई उछिनेका हुन् ।

    माइक्रोसफ्ट कर्पोरेसनका मालिक बिल गेट्स ९२.९ बिलियन अमेरिकी डलरसहित विश्वकै दोस्रो खर्बपतिको सूचीमा उभिएका छन् । त्यसैगरी अर्का अमेरिकन व्यापारी तथा लगानीकर्ता वारेन बफेट ८२.२ अमेरिकी डलर बिलियन सम्पत्तिसहित विश्वको तेस्रो धनीको सूचीमा दरिएका छन् ।

    बेजोस यसअघि पनि विश्वको धनी सूचीमा आएका थिए । बेजोसको

    सम्बन्धित खवर