राधिका तामाङले भन्यो- मेरो चरित्र हत्या भयो, अब म अदालत जान्छु

राधिका तामाङले भन्यो- मेरो चरित्र हत्या भयो, अब म अदालत जान्छु

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • राधिका तामाङले भन्यो- मेरो चरित्र हत्या भयो, अब म अदालत जान्छु

    प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले आफ्नो चरित्र हत्या भएको बताएकी छन् । गाईकाण्ड लफडामा फस्दै आएकी उपसभामुख तामाङले आफ्नो चरित्र हत्या प्रयास भएको भन्दै अदालत जाने बताएकी हुन् । उनले भनिन्, ‘यो विषयमा कुरै नबुझि मलाई मुछ्ने काम भयो, मेरो चरित्र हत्या प्रयास भईरहेको छ । अब कानुनी उपचार खोज्ने सोचमा छु ।’

    उपसभामुख तामाङले ुगाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्नेु धारणा राखेको भन्दै चौतर्फी व्यापक आलोचना तथा विरोध भईरहेको छ । उनको गृहजिल्ला नुवाकोटमा त कांग्रेस सडकमै आएको छ । नुवाकोट कांग्रेसको निर्देशनमा शनिबार साँझ नेविसंघ नुवाकोटले विरोध जुलुस निकालेको थियो ।

    समाजिक सञ्जालमा विरोध र राजनीतिकरणा भइरहँदा तामाङले मुख खोलेकी हुन् । उनले भनिन्, ‘सामाजिक सञ्जालमा कसले लेख्यो र कुन आधारमा लेख्यो त्यो मलाई थाहा छैन । यो विषयमा मैले धेरे बोलिरहेको छैन । म हेर्दैछु । अहिले धेरै जनाको बहस हेरिरहेकी छु ।’ यो राजनीतिक प्रतिशोधको आधारमा चलाईएको हल्ला भन्दै उनले भनिन्, नुवाकोटमा कांग्रेस हारेको छ । त्यो खपिनसक्नु भएर गलत अफबाह फैलाइएको हो ।

    चेलीबेटी बेचबिखनमा फसेका कांग्रेस नेता तथा वडा अध्यक्ष सुनबहादुर तामाङको षडयन्त्रमा यस्तो भईरहेको भन्दै उनले भनिन्, ‘सुनबहादुरलाई वडा अध्यक्ष बनाएर उससँग धेरै खाइपिइ आएका ब्यक्तिहरुले अब खान नपाउने भए । सँगसँगै कांग्रेसको इमेज थप ड्यामेज भयो । र, आत्तिएर म माथि यो प्रहार भएको हो ।’

    आफुले गाई काटेर खान पाउनुपर्छ भनेर कहिल्यै नभएको दाबी गर्दै यदि त्यस्तो भनेको पाईए जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताईन् । अहिले आफुले सामाजिक सञ्जालमा आईरहेका प्रतिक्रियाहरु हेरिरहेकी भन्दै उनले भनिन्, ‘मैले गार्इ काटेर खान पाउनुपर्छ भनेर कहाँ बोलेको कुनै आधार छैन । काँही केही भनेकी छैन । त्यस्तो रेकर्ड पनि छैन । अहिले म जुन पोष्टमा छु । त्यो पोष्टमा रहेर मैले के गर्नुपर्छ । के बोल्नुपर्छ भन्ने मलाई राम्ररी थाहा छ ।’

    नेपाल तामाङ घेदुङले भनेको कुरालाई आफुसँग जोडेर आएको भन्दै उपसभामुख तामाङले यो विषयमा आफु अनविज्ञ रहेको बताईन् । यो विषयमा नेपाल तामाङ घेदुङले गृहमन्त्री, मुख्य मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको छ ।

    मकवानपुरको पदम पोखरीका बिचौलियाले पैसाको बार्गेनिङ गरेर दिन नसकेपछि गाई काटेको आरोप लगाउने काम भएको भन्दै यसबाट उनीहरुलाई फसाउन लागेको बताईन् । विनाआधार आफ्नो चरित्र हत्या गर्ने काम भएको भन्दै उनले भनिन्, ‘चरित्र हत्या गर्नेका बिरुद्धमा कानुनी लडाई लड्ने र कानुनी बाटो खोज्ने पनि सोचमा छु । अहिले बाहिरको कुरा, नियाली रहेकी छु ।

    केन्द्र बिन्दु डट कम बाट

    सम्बन्धित खवर