बोरामा जिउदो सर्प सहित एक व्यक्ति मृत फेला

बोरामा जिउदो सर्प सहित एक व्यक्ति मृत फेला

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • बोरामा जिउदो सर्प सहित एक व्यक्ति मृत फेला

    इटहरी । इटहरीमा एक व्यक्तिको शव फेला परेको छ । इटहरी ९ स्थित दिपेन्द्र चौकमा सडक नजिक रामधुनि नगरपालिकाका अन्दाजी ५१ बर्षिय राम भट्टराईको शव फेला परेको हो । शव नजिक एक बोरामा जिउदो सर्प समेत भेटिएको छ । पुर्बेलिन्युजमा खबर छ । उनको मृत्यु के कारणले भयो भन्ने बिषयमा अनुसन्धान भइरहेको इटहरीका प्रहरी निरीक्षक खगेन्द्रहाङ खजुमले जानकारी दिए । शवको पोष्टमार्टमको लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

    स्थानियका अनुसार भट्टराईको मृत्यु सर्पको डसाईले हुन सक्ने अनुमान गरेका छन।

    यो पनि पढ्नुसः
    ६ दिनका लागि कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मा र्इश्वर पाेखरेललार्इ

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुभएकाे छ । यससँगै कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई सुम्पिएकाे छ ।

    अाज (मंगलबार) एक सय १९ सदस्यीय टोलीकाे नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान गर्नुभएकाे हाे । हिमालय एयरलाइन्सको विमानबाट प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान गर्नभयाे ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीकाे अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ ।

    मंगलबार नै एक विज्ञप्ती निकाल्दै राष्ट्रपति कार्यालयले पाेखरेललार्इ कार्यावाहक प्रमकाे जिम्मेवारी सुम्पिएकाे जानकारी गराएकाे हाे ।

    त्यस्तै, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिनुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

    पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहनुभएकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हाे।

    सम्बन्धित खवर