डान्स गर्ने क्रममा लडेर पत्रकार अनुपासिंह राजवंशीको निधन

डान्स गर्ने क्रममा लडेर पत्रकार अनुपासिंह राजवंशीको निधन

  • , 5.1K जनाले हेर्नुभयो
  • 5.1K
    SHARES

  • डान्स गर्ने क्रममा लडेर पत्रकार अनुपासिंह राजवंशीको निधन

    नेपालगञ्ज । नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ ।होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षण गर्न भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान पनि शुरु गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइने छ भन्नुभयो । स्थानीय खजुरा गाउँपालिका निवासी २४ वर्षीया पत्रकार राजवंशी नेपालगञ्जस्थित बागेश्वरी केबल टेलिभिजन र

    बागेश्वरी एफ एममा समाचार वाचन गर्नुहुन्थ्यो । केही महिनाअघि मात्र उहाँले सोही होटलमा कार्यरत सञ्जय श्रेष्ठसँग विवाह गर्नुभएको थियो ।saatya khabar

    सम्बन्धित खवर