कालिकोटको सदरमुकाम मान्म खाडाँचक्रमा पिउने पानीमा समेत कालोवजारी

कालिकोटको सदरमुकाम मान्म खाडाँचक्रमा पिउने पानीमा समेत कालोवजारी

  • , 6.2K जनाले हेर्नुभयो
  • 6.2K
    SHARES

  • कालिकोटको सदरमुकाम मान्म खाडाँचक्रमा पिउने पानीमा समेत कालोवजारी

    कालिकोट, ५ असार –बजारमा पाइने खाद्य बस्तुमा कालोबजारी भइरहेका बेला कालिकोटको सदरमुकाम मान्म खाडाँचक्रमा पिउने पानीमा समेत कालोवजारी भएको पाईएको छ ।
    खाँडाचक्र नगरपालिका–१ स्थित वजारमा पिउने पानी अभावको मौका छोपी पहुचवालाले खानेपानीको ट्याकीवाटै सिधै पानीका पाइप जडान गरेर घरघरमा जोडेको भेटिएपछि पहुचवालाको पानीमा कालोबजारी खुलेको हो ।
    खानेपानी कार्यालयले पनि वार्षिक ६० हजार महशुल मोलमोलाई गरेर पानीका लाइनहरु वजारका ठुला होटल र घरमा दिएर कालोवजारी गरेको पाईएको हो । वजारमा पानीको हाहाकार भएका वेला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयमा रहेको धारामा पानी लिन गएका किसोरी मार्फत सो कुरा खुलेको हो ।
    कार्यलयका सहयागीले अरुले ६० हजार तिरेर पानीका लाइन लगेका छन, तिमिहरु पनि यसरी खानेपानीका लाइनहरु पैसा तिरेर लेउ भनेपछि कार्यालय र पहुचवालाहरुले पिउने पानीमा गरेको कालावजारी वाहिर आएको हो ।
    खानेपानीले सबै उपभोक्तालाई एकैनासको धारा दिनु पर्नेमा कार्यालयले ट्याकीवाटै सिधै लाइन तानेर केही अमुक मान्छेका घर घरमा पुर्याएको छ । शक्तिको दुरुपयोग गरी वजारवासीलाई खानेपानीको अभावले काकाकुल वनाउने खानेपानीका पुर्व कर्मचारी देखि राजनितिक दलका नेता र जनप्रतिनिधिहरु समेत छन । उनिहरुले आफ्नो पदको भरपुर प्रयोग गरेर खानेपानीको मुल ट्यांकीवाट सिधै लाइनहरु आ आफ्नो घरमा तानेका छन ।
    वजारमा दिनमा दुई पटक खानेपानी बितरण गरिदै आएकोमा चार खण्डमा बितरण हुन थालेपछि पहुचवालाल ब्याक्तिले घर घरमा लाइन ल्याएपछि मुल ट्याँकीमा खानेपानी अभाव हुदै गएको र वजारका आम नागरिक खोला नालाको पानी पिउन वाध्य भएका हुन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

    सम्बन्धित खवर