कर्मचारीले जागिर छाडेपछि २ वर्ष आइएनजिओमा काम गर्न नपाउनेः मन्त्री पण्डित

कर्मचारीले जागिर छाडेपछि २ वर्ष आइएनजिओमा काम गर्न नपाउनेः मन्त्री पण्डित

  • , 4.9K जनाले हेर्नुभयो
  • 4.9K
    SHARES

  • कर्मचारीले जागिर छाडेपछि २ वर्ष आइएनजिओमा काम गर्न नपाउनेः मन्त्री पण्डित

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय निजामती ऐन छिट्टै आउने बताएका छन्।

    मन्त्री पण्डितले निजामती ऐन आएपछि स्थानीय तहका कर्मचारीलाई पनि अन्य क्षेत्रमा हेरफेर गर्न सकिने बताए। उनले नगरपालिका र महानगरपालिकाका कर्मचारीहरू सरूवा नहुने परम्पराले काम गर्न कठिन भएको बताए ।

    नेपाल पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नयाँ ऐनमा सरकारी कर्मचारीले अवकासको २ वर्षसम्म कुनै पनि एनजीओ, आईएनजीओमा काम गर्न नपाउने व्यवस्था गर्न लागेको बताए।

    उनले राष्ट्रसेवक कर्मचारी माथिल्लो पदबाट अवकास पाउने वित्तिक एनजीओ, आईएनजीओमा काम गर्दा राष्ट्रको सूचनाको दुरुपयोग हुने गरेको बताए ।

    मन्त्री पण्डितले जहिलेसम्म राष्ट्रसेवक हुने हो त्यतिबेला सम्म उत्साहित भएर काम गर्नुपर्ने बताए । कर्मचारीलाई नेपाल सरकारले २४ घण्टामा जुनसुकै बेला जहाँ पनि खटाउन सक्ने भन्दै उनले काठमाडौमा मात्रै जागिर खान्छु भन्नु गलत हुने बताए । जागिर खाएर पनि पढ्ने मात्रै, काम नगर्नेमाथि निगरानी भइरहेको उनले भनाई थियो ।

    उनले स्थानीय तहमा ९५ प्रतिशत प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भइसकेको दाबी गरे। नभएका ठाउँमा पनि छिट्टै हुने बताए। प्रदेश लोक सेवा आयोग मार्फत सबै ठाउँमा कर्मचारीको व्यवस्थापन गर्न मन्त्रालय लागेको बताए। उनले तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको बताए।

    उनले अब एउटा मात्रै निर्वाचित ट्रेड युनियन बनाउन पाउने ऐन ल्याउन लागेको जानकारी दिए।

    सम्बन्धित खवर