डुबानबाट बस्ती बचाउन स्थानीयको दौडधुप, जनप्रतिनिधि रमिते

डुबानबाट बस्ती बचाउन स्थानीयको दौडधुप, जनप्रतिनिधि रमिते

  • , 6.7K जनाले हेर्नुभयो
  • 6.7K
    SHARES

  • डुबानबाट बस्ती बचाउन स्थानीयको दौडधुप, जनप्रतिनिधि रमिते

    भद्रपुर, (झापा) : स्थानीय जग्गाधनीहरुले पानी निकास हुने पैनी नै माटोले पुरेर बन्द गरिदिएपछि झापाको साविक जलथल गाविस ३ हाल हल्दीबारी गाँउपालिका ३ स्थित ढडुवा बजार डुवानमा पर्ने भएको छ। जग्गाधनीको आपसी विवादले पैनी पुरिदिएपछि वर्षामा बस्ती डुबानमा पर्ने भएपछि त्यहाँका स्थानीयबासी चिन्तित देखिएका छन्। यसतर्फ सम्बन्धित निकायले अहिलेसम्म चासो नदेखाएको स्थानीय आफ्नै डुबानबाट बजार र बस्ती बचाउन दौडधुप गरिरहेका छन्।  ढडुवा बजारका स्थानीय दाताराम खतिवडा, वीरेन्द्र शिवाकोटी र रामप्रसाद न्यौपानेले जमिन विस्तार गर्ने क्रममा पैनी पुर्ने होडबाजी चलाएको स्थानीय बताए। त्यस्तै उत्तरतर्फको चिया वगानबाट निकास हुने ठाउँलाई गत वर्ष मात्र जग्गाधनी कुलप्रसाद दाहाल, इश्वरीप्रसाद दाहाल, प्याजु राजवंशीले बन्द नै गरिदिएपछि थप समस्या परेको स्थानीयको भनाई छ। उत्तरबाट आएको पानी हुलाकी राजमार्ग अन्तर्गतको झापा रोड छेऊ नजिकैको काठको पुल हुँदै पानी निकास भइरहेको अवस्थामा जग्गाधनीहरूले पुलको मुख नै बन्द गरिदिएको स्थानीय अग्निप्रसाद प्रसाईले गुनासो पोखे। ‘म यहाँ २०२९ सालदेखि बसोबास गर्दै आइरहेको छु।’ प्रसाईले भने, ‘पुरिएको ठाउँबाटै पानी निकास हुँदै आएको थियो। अहिले काठको पुल थुनिएकोले निकास बन्द भएको छ।’ ‘स्थानीय डुबानको चपेटा पर्ने विषयमा जनप्रतिनिधिहरू जानकार हुँदाहुँदै पनि मुखदर्शक भएर बसेको छ,’ उनले गुनासो राखे।   जग्गाधनीले पुरेर बाधेको बाँधले समस्या उत्पन्न भएकोले काठे पुलको मुख खोलीदिने बित्तिकै समस्याको समाधान हुने स्थानीय भीम न्यौपानेले बताए। गाउँपालिकाले पक्की ढलको अवधारणा नबनाएका कारण ढडुवा बजार जलमग्न हुने स्थानीय जितबहादुर भट्टराईले बताए। उनले भने, ‘यसको मुख्य समाधान भनेको तत्काल निकास खुल्ला गरिदिनु पर्ने हो।’ यता पैनी पुरिएको विषयमा पटक-पटक विवाद उत्पन्न भए पनि हालसम्म कुनै सहमति हुन नसकेको वडा ३ का वडाअध्यक्ष रोशनी शिवाकोटीले बताइन्। ‘अहिले समस्या आएको छैन।’ उनले भने, ‘जुन जुन बेला समस्या आउFछ त्यही बेला समाधान हुने भएकोले विवाद यथावत छ।’ स्थानीयले बुझाए वडा कार्यालयमा निवेदन केही जग्गाधनी आफ्नो जमिन होचो भएको भन्दै माटो पुरेर पानी निकास हुने पैनी नै पुरिदिएपछि यसको समाधानका लागि स्थानीयबासीले हल्दिवारी गाउँपालिका अन्तर्गतको वडा ३ को वडा कार्यालयमा निवेदन दिएका छन्।  स्थानीय पुनराज गिरी, भीम न्यौपाने, अग्नी प्रसाई, बालकृष्ण ढुंगेल, युवराज गिरी लगायत २८ जनाले पाँच महिना अघि वडा कार्यालयमा निवेदन दिएको जनाइएको छ। ढडुवाबजार तथा बस्ती डुबानमा पर्ने भएकोले यसको निकासका लागि वडामा निवदेन दिएको  वडा ३ का सदस्य तथा मेलमिलाप केन्द्रका संयोजक नेत्रबहादुर गिरीले जानकारी दिए। उनका अनुसार समस्या समाधानको लागि दुई पटक वडा कार्यालयमा छलफल भइसकेको थियो। वडामा समस्याको समाधान हुन नसकेपछि यस बारेमा २०७४ फागुन ९ गते हल्दिबारी गाउँपालिकाको कार्यालयमा लिखित पत्र पठाइएको पनि उनले बताए।

    सम्बन्धित खवर