रसिया विश्वकपमा पहिलो ह्याट्रिक गरेका रोनाल्डोले २ अर्ब १० कराेड जरिवाना तिर्नु पर्ने आखिर किन ?

रसिया विश्वकपमा पहिलो ह्याट्रिक गरेका रोनाल्डोले २ अर्ब १० कराेड जरिवाना तिर्नु पर्ने आखिर किन ?

  • , 5K जनाले हेर्नुभयो
  • 5K
    SHARES

  • रसिया विश्वकपमा पहिलो ह्याट्रिक गरेका रोनाल्डोले २ अर्ब १० कराेड जरिवाना तिर्नु पर्ने  आखिर किन ?

    रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो कर छली प्रकरणमा १६.५ मिलियन पाउन्ड ( करिब २ अर्ब १० कराेड रुपैयाँ) जरिवाना तिर्न तयार भएसँगै २ वर्ष जेल सजाय छुट पाउने भएका छन्।

    स्पेनमा करछली प्रकरणमा मुछिएका उनी यो प्रकरणलाई अन्त्य गर्न चाहन्थे। सरकारी अधिकारीहरुले २ वर्ष जेल सजाय छुट दिएर २ अर्ब १० कराेड रुपैयाँ जरिवानामा मुद्दालाई टुंगो लगाएको वेलायतबाट प्रकाशित हुने द सन अनलाइनले उल्लेख गरेको छ। यसअघि रोनाल्डोको कर छली प्रकरण साम्य भएको जस्तो देखिएको थियो। तर स्पेनमा नयाँ सरकार आएसँगै रोनाल्डोको केश ब्युँताएर निष्कर्षमा पुर्याइएकाे हाे।

    चारवटा फर्जरी प्रकरण स्वीकार गरेका रोनाल्डोले जुनसुकै बेला जेल जानुपर्ने स्थिति थियो। स्पेनिस मिडियाका अनुसार सन् २०१८ को जुनमा रोनाल्डोले १२.९ मिलियन पाउन्ड तिर्न आफू तयार रहेको जनाएका थिए। उनको अफर सरकारी अधिकारीले अस्वीकृत गरेका थिए। एक वर्षपछि आएर उनले फाइन तिर्नुपर्ने रकम बढाउँदै स्थितिलाई सम्झौतामा पुर्याएका हुन्। स्पेनी मिडियाले रोनाल्डोलाई जरिवाना तिराइएको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन्।

    रसिया विश्वकपमा पहिलो ह्याट्रिक गरेर इतिह्स रचेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको चौथो, ४४औं र ८८ औं मिनेटमा गोल गरे ।

    सम्बन्धित खवर