बलिउड अभिनेता सलमान खानको हत्याको योजना, मुख्य योजनाकार पक्राउ

बलिउड अभिनेता सलमान खानको हत्याको योजना, मुख्य योजनाकार पक्राउ

  • , 5K जनाले हेर्नुभयो
  • 5K
    SHARES

  • बलिउड अभिनेता सलमान खानको हत्याको योजना, मुख्य योजनाकार पक्राउ

    बलिउड सुपरस्टार सलमान खानको हत्याको योजना बनाएको आरोपमा एक मोस्ट वान्टेड ग्याङस्टार पक्राउ परेका छन्। भारतीय प्रहरीले बुधबार ग्याङस्टर सम्पत नेहरालाई पक्राउ गरेको हो। उनी भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुख्यात अपराधि हुन्।

    प्रहरीका अनुसार २८ वर्षीय ती ग्याङस्टारले सलमान खानलाई मार्ने योजना बनाइरहेका थिए। उनले सलमान खानका गतिविधिमा नजर राखिएका थिए। उनले मुंबई पुगेर सलमानको आउने जाने समयदेखि अंग रक्षकसम्मका बारेमा जानकारी लिइसकेका थिए।

    नेहराले सलमान खानलाई कालो हरिण मुद्दामा ज्यान मार्ने धम्की दिएका लारेस विश्वोईको ग्याङमा काम गरिरहेका थिए। लारेस बिश्वई ग्याङ एक खतनाक गिरोह हो। यो गिरोह सामाजिक सञ्जालमा पनि निकै सक्रिय छ। यो गिरोह फेसबुक, व्हाट्सअपका माध्यमबाट हत्या अपहरण तथा सुपारी दिएर हत्या गराउने जस्ता अपराधिक क्रियाकलापमा संलग्न छ।

    पक्राउ परेका नेहराको निसानामा सलमान परेका थिए। सलमानको हत्यापछि नेहराले विदेश जानेको योजना पनि बनाइसकेका थिए। कालो हरिण शिकारको मुद्दामा सलमान धरौटीमा रिहा भएपछि उक्त गिरोह निकै रुष्ट बनेको थियो। त्यसैले उक्त गिरोहले सलमानको हत्या गर्ने मास्टर प्लान बनाइरहेको थियो। तर त्यो योजना सफल हुन सकेन्।

    सम्बन्धित खवर