इन्धनको मूल्य वृद्धि विरुद्ध फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले गर्‍यो अर्धनग्न जुलुस

इन्धनको मूल्य वृद्धि विरुद्ध फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले गर्‍यो अर्धनग्न जुलुस

  • , 4.1K जनाले हेर्नुभयो
  • 4.1K
    SHARES

  • इन्धनको मूल्य वृद्धि विरुद्ध फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले गर्‍यो अर्धनग्न जुलुस

    इन्धनको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले सदरमुकाम चैनपुरमा अर्धनग्न जुलुस प्रदर्शन गरेको छ । देशमा इन्धनको मूल्य हप्तै पिच्छे सरकारले बढाउन थालेको भन्दै एक हप्ता देखि आन्दोलन गरिरहेको सङ्घले स्वरूप परिवर्तन गर्दै विरोध गरेको हो ।गएको हप्ता देखि चरणबद्ध आन्दोनल गरिरहेका नेविसंघ निकट विद्यार्थीहरूले अर्धनग्न भएर सिठी जुलुस गरेका छन्। सरकारले इन्धनको मूल्य वृद्धि गरेको र भाषण लगतै अन्य दैनिक उपभोग्य बस्तुको मूल्यमा पनि अप्रत्यासित वृद्धि भएको भन्दै आन्दोलन गरेका छन् ।महङ्गीले सर्वसाधारण जनता मारमा परेकोले आन्दोलन गर्नु परेको सङ्घका नेता खगेन्द्र खड्काले बताए ।

     

    ‘सांकेतिक रूपमा हामीले आन्दोलन गरिरहेका छौ, सरकारले यो निर्णय फिर्ता नलिए थप आन्दोलनका कार्यक्रमहरू बढाउँदै जानेछौ,’ उनले भने । नयाँ सरकार बनेको चार महिना नपुग्दै पाँच पटक मूल्य वृद्धि गरेका बताउँदै गरिब जनताको ढाड सेक्ने काम भएको बताए ।नेपाल आयल निगमद्धारा प्रति लिटर पेट्रोललाई एक सय १३ रुपैयाँ डिजेलको प्रति लिटर ९५ रुपैयाँ तोके सँगै अहिले देशका विभिन्न जिल्लामा सङ्घले मूल्य वृद्धिको चर्को विरोध गरिरहेको छ । बझाङ्ग नेविसंघ जिल्ला कार्यसमिति र जयपृथ्बी बहुमुखी क्याम्पस ईकाइ समितिले संयुक्त रूपमा इन्धनको मूल्य वृद्धिको आन्दोलन भइरहेको विद्यार्थी उमेश जेठाराले बताए ।

    सम्बन्धित खवर