मूल्यवृद्धिको विरोधमा उत्रिएको नेविसंघले आइतबार दिउँसो राजधानीमा वृहत प्रदर्शन

मूल्यवृद्धिको विरोधमा उत्रिएको नेविसंघले आइतबार दिउँसो राजधानीमा वृहत प्रदर्शन

  • , 5.5K जनाले हेर्नुभयो
  • 5.5K
    SHARES

  • मूल्यवृद्धिको विरोधमा उत्रिएको नेविसंघले आइतबार दिउँसो राजधानीमा वृहत प्रदर्शन

    काठमाडौं । मूल्यवृद्धिको विरोधमा उत्रिएको नेविसंघले आइतबार दिउँसो राजधानीमा वृहत प्रदर्शन गर्ने भएको छ । नेविसंघले दिउँसो १ः३० बजे प्रदर्शनी मार्गस्थित विश्व भाषा क्याम्पसमा वृहत प्रदर्शन गर्न लागेको जनाएको छ ।

    नेविसंघले देशब्यापी रुपमा मूल्यवृद्धिको चर्को विरोध गर्दै आएको छ । तर आन्दोलनमा प्रहरीले हस्तक्षेप पनि गर्न थालेको छ । नेविसंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा शनिबार साँझ राँको बालेर विरोध प्रदर्शन गरेकामा प्रहरीले आक्रमण गरेको छ ।

    आन्दोलनका क्रममा प्रहरीसँग भएको झडपमा परेर टीका भण्डारी र सञ्जिव ढकाल घाइते भएका छन् । घाइते विद्यार्थीको केएमसी अस्पताल, बागबजारमा उपचार भइरहेको नेविसंघले जनाएको छ ।

    मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य रु ११५ र डिजेलको मूल्य रु ९५ पुगेको छ । सरकारले मूल्यमा समायोजन गर्नुभन्दा विद्यार्थीहरुमाथि नै दमनको नीति लिएको छ ।

    नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जानकारी दिएका छन् ।

    सम्बन्धित खवर