वीरगन्जको सीमापारि भारतीय आईसीपीमा नेपाली निगमका ट्यांकरलाई डेडिकेटेड लाइन

वीरगन्जको सीमापारि भारतीय आईसीपीमा नेपाली निगमका ट्यांकरलाई डेडिकेटेड लाइन

  • , 5.6K जनाले हेर्नुभयो
  • 5.6K
    SHARES

  • वीरगन्जको सीमापारि भारतीय आईसीपीमा नेपाली निगमका ट्यांकरलाई डेडिकेटेड लाइन

    पर्सा, २७ जेठ– वीरगन्जको सीमापारि भारतीय आईसीपीमा नेपाली ट्यांकरलाई डेडिकेटेड लाइन (छुट्टै सवारी लाइन) दिन भारतीय पक्ष सहमत भएको छ ।

    सातायता भारतको रक्सौलमा इन्धन बोक्ने नेपाली ट्यांकरका चालकमाथि भइरहेको कुटपिट र दुव्र्यवहारको घटना र त्यसले सिर्जित गरेको समस्याको समाधान गर्न रक्सौल आईसीपीमा शुक्रबार सम्पन्न सरोकारवालाहरुको दुईदेशीय बैठकमा भारतीय पक्षले यस्तो सहमति जनाएको हो ।

    भारतीय राजमार्ग हुँदै बरौनीबाट इन्धन बोकेर आएका नेपाल आयल निगमका ट्यांकर चालकहरुलाई रक्सौल आईसीपीतर्फ प्रवेश गर्ने क्रममा लक्ष्मीपुरमा भारतीय प्रहरीले कुट्ने, कागजात र पैसा खोस्नेजस्ता घटना नियमित हुन थालेपछि त्यसको दीर्घकालिन समाधान गर्न उक्त बैठक गरिएको थियो, आजको कान्तिपुरमा खबर छापिएको छ ।

    सम्बन्धित खवर