टर्कीको व्यवसायबाट मनग्गे आम्दानी

टर्कीको व्यवसायबाट मनग्गे आम्दानी

  • , 6.1K जनाले हेर्नुभयो
  • 6.1K
    SHARES

  • टर्कीको व्यवसायबाट मनग्गे आम्दानी

    अनिल पोखरेल, राजविराज

    स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको सङ्ख्या धैरै छ । दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् ।

    विदेशिएका युवा स्वदेश फर्किएर आत्मनिर्भर बन्ने क्रम पनि बढ्दै गएको छ । युवाको लहर विदेशतिर बढिरहेका बेला सप्तरी जिल्लाको एक युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् । अब आफ्नै माटोमा केही गर्ने सोचका साथ कंचनरुप नगरपालिका वडा नं. १२ रुपनगरका २४ वर्षीय शाहिद अलि २३ वर्षीय आशिक अलीलले जिल्लामै पहिलो पटक टर्की जातको पंक्षीपालन गरेका छन् ।
    गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका अलिले चार महिनाअघि काठमाडौँ बाट २०० वटा चल्ला ल्याएर टर्की पाल्न सुरु गरेका हुन् ।

    एक महिना अघि एक लाख पचास हजार रुपैयाँभन्दा बढीका टर्की र चल्ला विक्री गरेको उनले बताए । भर्खर जन्मेको टर्कीको चल्लाको मूल्य तीन सयदेखि चार सय रुपैयाँ तथा एक महिना पाल्दा एक हजार रुपैयाँ पर्छ । चार महिनामा चल्ला दिन सुरु गर्ने टर्की छ देखि नौ महिनासम्म मासु खानका लागि उपयुक्त हुन्छ । भाले टर्की १२ देखि १३ किलोग्राम तथा पोथी सात देखि आठ किलोग्राम तौलको हुन्छ । एक किलो टर्कीको मासुको मूल्य एक हजार रुपैयाँ पर्छ । यतिखेर यति बेला नमुना कृषकका रूपमा चिनिन थालेका छन् । सञ्चारमाध्यम र इन्टरनेटको माध्यमबाट टर्की पालनसम्बन्धी जानकारी पाएपछि उनी यसतर्फ आकर्षित भएका हुन् ।

    ‘टर्कीको मासु गाउँमै विक्री भइरहेको छ,’ उनले भने, ‘नेपालका विभिन्न ठुला सहरहरूबाट जिउँदो टर्की किन्न ग्राहक घरमै पुग्ने गरेका छन् । स्वदेशीभन्दा विदेशी पर्यटकले यसको मासु मनपराउने गर्छन् ।’ एक वर्षमा पूर्ण रूपले तयार हुने पंक्षी टर्कीलाई कुखुरालाई जस्तै दाना र हरियो घाँसको आहारा खुवाउने गर्छन् । उच्च रक्तचाप, मधुमेह, एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा यसको मासुको माग बढिरहेको उनी बताउँछन् ।

    उनी दिनहुँ हजारौँको सङ्ख्यामा विदेशीने युवाहरूलाई हामीले हाम्रो परिश्रम, मिहिनेत आफ्नै देशमा केही गर्नुपर्ने कुरा बताउँछन् । उनी युवाहरूको लागी दरिलो उदाहरणीय पात्र बन्न सफल भएका छन् ।

    सम्बन्धित खवर