इन्धन भण्डारणको लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा

इन्धन भण्डारणको लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा

  • , 5.9K जनाले हेर्नुभयो
  • 5.9K
    SHARES

  • इन्धन भण्डारणको लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा

    काठमाडौं – इन्धन भण्डारणको लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिनुभएको छ ।

    खड्काको राजीनामासँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने बताउनु भएको छ ।

    खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रीलाई राजीनामा बुझाउनुभएको हो । पत्रकार सम्मेलनमा खड्काले आफूलाई गएको ९ महिनादेखि भूमिकाविहीन बनाएर बदनाम गर्न खोजिएको आरोप लगाउनुभयो ।

    ‘मैले निगममा धेरै नीतिगत सुधार गरेको थिएँ, तर त्यसलाई छायाँमा पारेर बदनाम गर्ने काम मात्र गरियो’ खड्काले गुनासो गर्नुभयो । ‘९ महिनामा त सन्तान पनि जन्मन्छ । तर मलाई केही गर्न नदिएर भूमिकाविहीन बनाइयो’ खड्काको भनाई छ ।

    खड्काले आफूले प्रधानमन्त्री र उद्योग मन्त्रीलाई सजिलो बनाउन राजीनामा दिएको पनि बताउनुभयो । खड्कालाई इन्धन भण्डारको लागि क्षमता बढाउन आवश्यक जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लागेको थियो ।

    तत्कालीन संसदीय समितिले खड्काकै निर्देशनमा महंगोमा जग्गा खरिद गरेर भ्रष्टाचार गरेको निश्कर्ष निकालेपछि सरकारले बर्खास्त गरेको थियो । सरकारले बर्खास्त गरेपछि खड्का सर्वोच्च अदालत जानुभएको थियो । सरकारले बर्खास्त गर्ने निर्णय सर्वोच्चले उल्टाइदिएपछि खड्कालाई आपूर्ति मन्त्रालयमा खटाइएको थियो । तर उहाँलाई कार्यकारी भूमिका दिइएको थिएन ।

    निगमको नयाँ हाकिम खुला प्रतिस्पर्धाबाट

    पत्रकार सम्मेलनमा राजीनामा पत्र पढेपछि खड्काले मन्त्री मातृका यादवलाई राजीनामा बुझाउनुभएको थियो । खड्काको राजीनामा बुझ्दै मन्त्री यादवले निगमको नयाँ कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट हुने बताउनुभयो ।

    मन्त्री यादवले खड्काले पदबाट राजीनामा दिएर नेपाल आयल निगमको कामलाई अघि बढाउन सहज भएको प्रतिक्रिया पनि दिनु भयो । उहाँले निगममा क्षमतावान नेतृत्व ल्याउन पनि खुला प्रतिस्पर्धा गरेर कार्यकारी नियुक्ति प्रक्रिया अघि बढाउने सोचाईमा आफू रहेको बताउनुभयो । मन्त्री यादवले निगममा राजनीतिक नियुक्त हुनै नसक्ने पनि उल्लेख गर्नु भयो ।

    मन्त्री यादवले नेपाल आयल निगमको गिरेको साखलाई माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

    सम्बन्धित खवर