गृह मन्त्री थापा र वन मन्त्री बस्नेत बिहानै बाटोमा गाडी चेक गर्न निस्केपछि…

गृह मन्त्री थापा र वन मन्त्री बस्नेत बिहानै बाटोमा गाडी चेक गर्न निस्केपछि…

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • गृह मन्त्री थापा र वन मन्त्री बस्नेत बिहानै बाटोमा गाडी चेक गर्न निस्केपछि…

    काठमाडौँ – आइतबार बिहानै थापाथलीमा दुई मन्त्री फरक रुपमा देखिए । गृह मन्त्री रामबहादुर थापा बादल र वन मन्त्री शक्ति बस्नेत काठमाडौँको थापाथलीको बिच सडकमा बिहान हरियो एप्रोनमा गाडी चेक गर्दै गरेका देखिए ।

    दुई मन्त्रीले अरु सरकारी अधिकारीसँग बिहानै बाटोमा आएर गाडीको चेक गरेका हुन् । विश्व वातावरण दिवसको पूर्व अवसरमा मन्त्रीको अगुवाईमा गुडेका गाडी वातावरणमैत्री छन् कि छैनन् भनेर जाँच गरिएको हो ।

    दुई मन्त्री थापा र बस्नेतले गाडीका कारण हुने गरेको प्रदूषणको जाँच गरेका हुन् । उनीहरुले गाडीबाट निस्कने धुवाँको स्तर बारे पनि जाँच गरे । विश्व वातावरण दिवस आउँदो मंगलबार मनाईँदैछ ।

    सम्बन्धित खवर