मोरङ बेलबारीका पत्रकार दिनेश गिरीमाथि गएराति सांघातिक आक्रमण।

मोरङ बेलबारीका पत्रकार दिनेश गिरीमाथि गएराति सांघातिक आक्रमण।

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • मोरङ बेलबारीका पत्रकार दिनेश गिरीमाथि गएराति सांघातिक आक्रमण।

    २० जेठ, विराटनगर । मोरङ बेलबारीका पत्रकार दिनेश गिरीमाथि गएराति सांघातिक आक्रमण भएको छ ।

    बेलबारी-१ स्थित घरमा बसिरहेको अवस्थामा पाँच/सात जनाको समुहमा आएका व्यक्तिले उनीमाथि सांघातिक आक्रमण गरेका प्रहरीले जनाएको छ ।

    रड, ढुंगाको कुटाइबाट पत्रकार गिरीको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । पत्रकार गिरी बेतना एफएम तथा निरन्तर खवर डटकमका सम्पादक हुन् ।

    यसैबीच पत्रकार गिरीमाथि अक्रमणमा संलग्न दुई जनालाई बेलबारी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी -१ का विशाल थापा र बेलबारी – ३ का चित्र खड्का रहेका छन् । अन्य चार जनाभने फरार रहेको र उनिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    नेपाल पत्रकार महासंघ मोरङ शाखाले आइतबार विज्ञप्ति जारी गरी पत्रकार गिरीमाथिको आक्रमणको विरोध गरेको छ ।

    पत्रकार महासंघले क्रसर उद्योगको विषयमा समाचार लेखेकै भरमा सञ्चारकर्मीमाथी आक्रमण भएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

    साभार- अनलाइन खबर बाट

    सम्बन्धित खवर