कडा सजायले अपराध कम हुँदैन भने विकल्प के छ ?

कडा सजायले अपराध कम हुँदैन भने विकल्प के छ ?

  • , 6.3K जनाले हेर्नुभयो
  • 6.3K
    SHARES

  • कडा सजायले अपराध कम हुँदैन भने विकल्प के छ ?

    बीबीसी– पछिल्लो वर्ष थाइल्याण्डले पुदित कित्तित्रादिलोक नामक व्यक्तिलाई १३ हजार २७५ वर्षको कैद सजाय दिइयो ।

    पुदिनलाई २४०० मानिसहरुको करोडौ रकम जालीसाजी गरेको अपराधको लागि त्यो सजाय दिइएको थियो । पुदिनलाई दिइएको यो सजाय उनको उमेरको हिसाबले मात्र होइन, पृथ्वीका कुनै पनि जीवनको आयुको हिसाबले लामो हो । तर, थाइल्याण्डको कानुन अनुसार २० वर्षभन्दा बढी जेलमा बस्नु पर्दैन ।

    हुनत पुदितलाई दिइएको सजाय देखावटी मात्र थियो । तर, सामान्यतया संसारभरीनै लामो र कडा सजायले अपराध कम हुने विश्वास गरिन्छ ।
    यस्तै खालको सजाय अमेरिकाको ओक्लाहोमा सहरमा सन् १९९५ मा भएको बमबारीका दोषी टेरी निकोलसलाई दिइएको थियो । उनलाई १६१ वर्षको जन्म सजाय सुनाइयो । टेरीलाई सजाय दिइदा कुनै प्यारोल नहुने सर्त पनि राखिएको थियो । अर्थात टेरीको सम्पूर्ण जीवन जेलमै बित्नेछ ।

    प्रश्न हो, यस्तो लामो र कडा सजायले अपराध कम गर्न कति सघाउँछ ? यसको असर हुन्छ पनि कि हुदैन ?
    सजाय दिनुको उद्देश्य 

    न्यायाधीशले कुनै अपराधमा सजाय सुनाउँदा चार कुरालाई ध्यान दिएका हुन्छन् । पहिलो अपराध गर्नेलाई उसको कर्मको सजाय, दिने दोश्रो उसको व्यवहार सुधार्ने र तेस्रो जुन मानिसहरु विरुद्ध उक्त मानिसले अपराध गरेको हो उनीहरुबाट दोषीलाई बचाउने ।

    बदलाको भावनाले उनीहरुमा दोषीलाई चोट पु¥याउने चाहना तीब्र हुने भएकाले उसलाई छुट्टै राख्नुपर्छ । चौथो कुरा समाजमा अपराध गरे यस्तो सजाय हुन्छ भनेर सन्देश दिने कुरालाई पनि ख्याल गरिन्छ ।
    धेरै मानिसहरु खास गरि अमेरिकाका सरकारी वकिलहरु लामो कैद सजायले यी माथिका चारै वटा उद्देश्य पुरा हुने विश्वास गर्छन् ।
    लामो सजायको वकालत गर्ने मानिसहरु यस्तो सजायले अपराधीहरुलाई आफ्नो अपराधबारे विचार गर्ने अबसर दिने र आफूलाई सुधार गर्ने मौका हुने बताउँछन् । तिनको विश्वासमा यसले गर्दा उनीहरु पुनः अपराध गरेर जेल जानबाट बच्छन् ।

    तर, लामो सजायको प्रावधानले जेलमा कैदीको भीड बढ्न जान्छ । यसले सरकारी कोष र अन्ततः आम जनतामाथि नै ठूलो भार पर्छ । न्यूयोर्क विश्वाविद्यालयको कानुन संकायले सन् २०१६ मा जारी गरेको एक रिपोर्टले अमेरिकाको कुल कैदीको सङ्ख्या ४०% ले घटाउने हो भने उसले दश वर्षमा २ खर्ब अमेरिकी डलर जोगाउन सक्ने देखाएको थियो ।

    पुनः अपराध गरेर जेल फर्किने अवस्था
    अनुसन्धानहरुले लामो जेल सजाय फलदायी नभएको देखाएको छ । फेरी १३ हजार २७५ वर्षको सजाय सुनाउनेको अर्थ के ? खासमा अपराधीहरुको मनमा भविष्यमा जेल बिताउनु पर्ने कुराले डर उत्पन्न गराउँदैन । अर्थात लामो सजायको बाबजुद जेलबाट छुट्नासाथ अपराधीहरु अपराधको संसारमा फर्कन्छन् ।

    सन् २००९ मा अमेरिकामा भएको एक अध्ययनमा ३ वर्ष जेल सजाय भोगेर छुटेका ६७% मानिसहरु नयाँ अपराधमा समातिएको देखिएको थियो । यसमध्ये ४६.९% हरुले नयाँ अपराधको लागि सजायँ पाए । र, उनीहरुलाई पुन जेल फर्किए ।

    ब्रिटेनमा जेलबाट छुटेका ७०% अपराधिहरु वर्ष दिनभित्रमा पुनः जेल सजाय पाउछन् ।

    जानकारहरुका अनुसार पक्राउ परेपछि पनि अपराधीहरुलाई आफू अपराधको लागि पक्राउ पर्छु जस्तो नै लाग्दैन । यस्तोमा उनीहरुलाई लामो समयमा जेलमा कैद रहने डर हुँदैन ।

    एक अपराधको लागि अलग देशहरुमा अलग सजायको व्यवस्था छ । जस्तो सन् २००६ मा चोरीमा पक्राउ पर्नेलाई फिनल्याण्डमा १६ महिनाको जेल सजाय थियो । उता अष्ट्रेलियामा यो अपराधको लागि ७२ महिनाको जेल सजाय थियो । बेलायतमा यही अपराधको लागि १५ महिनाको जेल सजाय दिइन्छ । उता अमेरिकामा यसका लागि ६० महिनाको जेल सजायको व्यवस्था छ ।
    लामो सजायको ममलामा अमेरिका निक्कै अगाडी छ ।

    यही कारणले अमेरिकामा १९७० को दशकबाट जेलमा कैदीहरुको सङ्ख्यामा निक्कै बृद्धी भएको छ । आजको दिनमा अमेरिकाको जेलमा हिस्रंक अपराध र ड्रगसँग सम्बन्धित अपराधका कैदीहरुको सङ्ख्या निक्कै बढेको छ ।

    विश्वमा सबैभन्दा धेरै कैदीहरु अमेरिकामा छन् । त्यहाँ २२ लाख मानिसहरु जेलमा कैद छन् । यति धेरै कैदीहरुको व्यवस्थापनको लागि वार्षिक ५७ अर्ब अमेरिकी डलर खर्च हुन्छ ।
    सन् १९७४ मा अमेरिकाको जेलमा २ लाख मात्र कैदीहरु थिए । यो सङ्ख्या सन् २००२ मा बढेर १५ लाखभन्दा धेरै भइसकेको थियो । यसमा नेता देखि सामाजिक मानसिकता जिम्मेबार मानिन्छ । नेताहरु धेरैभन्दा धेरै अपराधहरु जेलमा रहेको देखाएर अपराध घटेको देखाउन खोज्छन् ।

    त्यस्तै अमेरिकामा सामाजिक सोच पनि लामो सजायको लागि जिम्मेबार रहेको छ । अमेरिकामा तपाई सजाय पाउन चाहनुहुन्न भने अपराधनै नगर्नुस् भन्ने मानसिकता रहेको छ । यसैले त्यहाँ अपराध गर्नेलाई धेरै सजाय दिनुलाई स्वभाविक मानिन्छ ।

    लामो सजायको विकल्प के ?
    त्यसो भए लामो सजायँको विकल्प के हुन्छ त ?
    यसको एक विकल्प नर्वेले प्रयोग गरिरहेको छ । त्यहाँ खुल्ला जेलको चलन बढी छ । नर्वेमा सन् १९०२ मा मृत्युदण्डको सजाय अन्त्य गरिएको थियो । सन् १९८१ मा त्यहाँ जन्मकैदको व्यवस्था पनि हटाइएयो । आज नर्वेमा अधिकत्तम जेल सजाय २१ वर्ष रहेको छ ।

    नर्वेको हल्डेन जेल संसारभरको लागि उदाहरण बन्न सक्छ । यहाँ कैदीहरुलाई कोठामा बन्द गरिदैन । त्यस्तै यहाँको गार्डले हतियार पनि लिएका हुदैनन् । कैदी र जेलका अपराधीहरु एक आपसमा सहज घुलमिल भइरहेका हुन्छन् ।

    फेरी यो अधिकतम सुरक्षा भएको जेल हो । यहाँ बाट भाग्न लगभग असम्भव छ । तर जेल भित्र कैदीलाई निक्कै स्वतन्त्रता रहेको छ । यहाँ सम्मकी सुरक्षाको लागि आवश्यक ठानिने क्यामराहरु पनि लगाइएको छैन ।

    गम्भीर खालको अपराधको लागि यो उदाहरण अनुकरणीय नहुन सक्छ । तर सानोतिनो अपराध गर्नेहरुलाई सुधार्नको लागि यो राम्रो विकल्प हुनसक्छ ।
    ओस्लो विश्वविद्यालयका अपराध विज्ञानका प्राध्यापक रहेका थोमस यूगेल्विकले खुल्ला जेल बनाउन सजिलो भएको , यसको व्यवस्थापन पनि कम खर्चिलो भएको बताए । कैदीलाई जेलमा एक हदको स्वतन्त्रता भए पनि उनीहरुलाई आफ्नो जेल समय भने भुक्तान गर्नुै पर्छ ।

    खुल्ला जेलको कारणले नर्वेमा एक पटक जेलबाट छुटेका अपराधीहरुले पुन अपराध गर्ने दर पनि निक्कै कम छ । नर्वेमा २०% अपराधीहरु मात्र पुन अपराध गरेर जेल सजाय पाउछन् । अमेरिकामा यो तथ्याङ्क ६०% छ । नर्वेमा फेरी जेल सजाय पनि कम छ । त्यहाँ औसत जेल सजायको समय आठ महिनाको छ ।

    खुल्ला जेलमा मानिसहरुलाई व्यस्त राखिन्छ । उनीहरुलाई पढाइन्छ । त्यहाँ बस्नेहरुले काम पनि गर्नुपर्छ । त्यस्तै अपराधीहरुलाई सकारात्मक सोचका लागि तामिल दिइन्छ ।

    मृत्युदण्डले अपराध कम हुन्छ त ?
    हुदैन ।
    वासिन्टनमा क्रिमिनल जस्टिस सिस्टम सुधार्ने काम गरिरहेकी एश्ले नेलिसको भनाई अनुसार यसले नेताहरुलाई मात्र मतदाता तान्नलाई मात्र सहयोग गर्छ ।

    किनकी अपराधीहरु त आफू पक्रिदै नपक्राउ नपरियोस् भन्ने सोच्छन् । जब उनीहरुको यो विचार बलियो हुन्छ तब उनीहरुलाई सजायको डर हुदैन ।

    तर गम्भीर प्रकृतीको अपराध गर्नेहरुलाई लामो सजाय दिनुलाई भने जायज मान्न सकिन्छ । किनकी यसले पीडित परिवारलाई बदला पुरा भएको महसुस हुन्छ । समाजमा पनि यसले बलियो सन्देश जान्छ ।
    जेल सजाय आफैमा कढा सजाय हो । ड्रग्स सेवन जस्तो गल्तीमा जेल सजायभन्दा पुनर्वासमा जोड दिनु राम्रो हो । किनकी यो त लतको मुद्धा हो ।

    सबै देशलाई नर्वेको उदाहरण नक्कल गर्न गा¥हो होला तर लामो अपराध सजायले अपराध कम हुदैन भन्ने चाही पुष्टी भएको कुरा हो ।

    यसको साटो कैदीहरुलाई सुधार्ने र समाजमा पुनस्थापित गर्नमा जोड दिनुपर्छ ।

    धेरै कुरा आखिरमा कैदीहरु आफ्नो जीवनसँग के गर्न चाहन्छन् भन्ने कुरामा निर्भर गर्छ ।

    सम्बन्धित खवर