अदालतमा एसएसपी खत्रीको बयान-गोरेले उल्टो मलाई हप्काउँथे के भनेर हप्काउँथे त् गोरेले पुरा पड्नुहोस

अदालतमा एसएसपी खत्रीको बयान-गोरेले उल्टो मलाई हप्काउँथे के भनेर हप्काउँथे त् गोरेले पुरा पड्नुहोस

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • अदालतमा एसएसपी खत्रीको बयान-गोरेले उल्टो मलाई हप्काउँथे  के भनेर हप्काउँथे त् गोरेले पुरा पड्नुहोस

    तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका फरार अभियुक्त एसएसपी श्याम खत्रीले बिहिबार विराटनगरस्थित जिल्ला अदालतमा बयान दिएका छन्।

    अदालतमा उनले गोरेले आफूलाई नटेर्ने र सुन काण्डमा आफ्नो संलग्नता नभएको बयान दिएका छन्।

    ‘डीआईजीको मान्छे भनेर गोरेले मलाई टेर्दैनथे, उल्टो मलाई हप्काउँथे सुनै भेटिएको छैन, केको तस्कर?,’ उनले भने,‘एयरपोर्टबाट सुन तस्करी भएको कुरा मलाई थाहा छैन, मेरो संलग्नता पनि छैन मैले कमिसन लिएको कुरा पनि झुटो हो।’

    दुई महिनासम्म फरार रहेका खत्री घटना छानबिन गर्न बनेको समितिले घरमा छापा मारेपछि अदालत पुगेका हुन्। प्रहरी स्रोतका अनुसार केही दिनअघि प्रहरी टोलीले भक्तपुर, लोकन्थलीमा रहेको खत्रीको घरमा छापा हानेको थियो। कोटेश्वरमा खत्रीका आफन्त र पेप्सीकोलास्थित उनका सालाको घरमा समितिले खोजतलास गरेको थियो।

    खत्रीका साला सशस्त्र प्रहरी निरीक्षक हुन्। उनैले घरमा खत्री बसेको हुन सक्ने ठानेर प्रहरीले खोजतलास गरेको थियो।

    समिति स्रोतले भन्यो–खत्रीलाई खोज्न धेरै प्रयास गरिएको थियो, बाहिर भाग्न नपाओस भनेर विभिन्न निकायसँग समन्वय समेत गरिएको थियो, पक्राउ पर्ने डरले उनी आफैं अदालत गए।

    खत्रीविरुद्ध इन्टरपोलमा समेत डिफ्युजन नोटिस जारी भएको थियो।

    मुख्यअभियुक्त चुडामणि उप्रेती गोरेले बयानमा आफू भन्दामाथि खत्री रहेको बताएका थिए।

    समितिले पछिल्ला ५ वर्षमा त्रिभुवन विमानस्थलबाट भएको ३८ सय किलो तस्करी भएको प्रतिवेदनमा उल्लेख गरेको छ। पछिल्लो पाँच वर्षमा खत्री विमानस्थलमा कार्यरत थिए।

    सम्बन्धित खवर