पोखराबाट आयो यस्तो खबर ! पाता कसेर जेल नहालेर के हेर्दै छ ओलि सरकार ?

पोखराबाट आयो यस्तो खबर ! पाता कसेर जेल नहालेर के हेर्दै छ ओलि सरकार ?

  • , 5.6K जनाले हेर्नुभयो
  • 5.6K
    SHARES

  • पोखराबाट आयो यस्तो खबर ! पाता कसेर जेल नहालेर के हेर्दै छ ओलि सरकार ?

    पोखराको फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचार सेवा ठप्प भएको छ ।अस्पताल प्रशासनले ४ जना कर्मचारीलाई भ्रष्टाचार र कार्टेलिङ्ग गरेको आरोपमा निष्काशन गरेपछि सुरु भएको कर्मचारीको आन्दोलनका कारण उपचार सेवा ठप्प भएको हो ।अस्पतालको फार्मेसीमा कार्यरत रमेश बोहोरा, नीलकण्ठ भट्टराई, टेकबहादुर विकर लेखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल प्रशासनले निष्काशन गरेको हो ।

    अस्पतालका निर्देशक विजय सिंहका अनुसार गुनासो आएपछि छानविन गर्दा चारैजना दोषी देखिएकोले सेवाबाट निष्काशन गरिएको थियो । तर यसको विरोधमा अस्पतालमा कार्यरत कर्मचारीहरु एक भई आन्दोलन गर्दा अस्पतालमा गएको मंगलबारदेखि उपचार सेवा प्रवाह हुन सकेको छैन ।

    इमरजेन्सी सेवा खुल्ला भए पनि कर्मचारी नहुँदा उपचार हुन सकेको छैन । अस्पतालबाट निकालिएका कर्मचारीहरुले आफूहरु साना कर्मचारी भएको र उपल्लो तहकाको आदेशमा मात्रै काम गरिएकोले आफूहरुले कुनै भ्रष्टाचार नगरेको तथा गर्न सक्ने अवस्था पनि नरहेको बताउँदै आएका छन् ।

    मणिपालको सेवा सुचारु गर्ने बारेमा अझै कसैले चासो देखाएका छैनन् । अस्पताल प्रशासन पनि चुप लागेको छ । स्थानीय बासिन्दाले जिल्ला प्रशासन र प्रहरीलाई सेवा सुचारु गर्न पहल गरेका भए पनि वास्ता नगरेको मणिपाल शिक्षण अस्पताल रहेको वडा नम्बर ११ का वडाध्यक्ष

    मोहन बास्तोलाले बताउनुभयो ।हामीले जिल्ला प्रशासनलाई समेत गुहार गर्‍यौँ तर कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले मलाई होइन, प्रदेश सरकार र नगरपालिकालाई भन्नुस् भनेर तर्कनुभयो’, वडाध्यक्षले भन्नुभयो ।मणिपाल शिक्षण अस्पतालमा यस अघि पनि कर्मचारीको आन्दोलनको कारण ९ महिना उपचार सेवा अवरुद्ध भएको थियो

    सम्बन्धित खवर