प्रियंका कार्की भन्छिन् ‘मलाई बिबाहित पुरुषको घर विगार्नु छैन’

प्रियंका कार्की भन्छिन् ‘मलाई बिबाहित पुरुषको घर विगार्नु छैन’

  • , 4.1K जनाले हेर्नुभयो
  • 4.1K
    SHARES

  • प्रियंका कार्की भन्छिन् ‘मलाई बिबाहित पुरुषको घर विगार्नु छैन’

    पतिसँग डिभोर्स गरेर नेपाल आएपछि नायिका प्रियंका कार्की चलचित्र क्षेत्रमा व्यस्त छिन् । अहिलेकी चर्चित नायिकाको हातमा कार्यक्रम, चलचित्रको कमी छैन । गसिप बजारमा सर्वाधिक धेरै रमाउने प्रियंकाले श्रीमान्लाई समय-समयमा मिस त गर्दिरहिछन् । उनले अभिनय गरिरहेको चलचित्र ‘अनागत’ श्रीमान्-श्रीमतिको कथामा आधारित छ । यसैले उनीसँग हामीले श्रीमान् र उनको चाहनाको कुरा गर्यौं । तपाई कस्तो समयमा श्रीमान्लाई मिस गर्नुहुन्छ भन्ने प्रश्नमा उनले रमाइलो जवाफ दिइन् । उनले भनिन्-‘म श्रीमान्नलाई धेरै मिस गर्दिन । तर, कोही-कोही बेला त हुन्छ । मेरो जन्मदिनमा कसैले सरप्राइज केक काटिदियोस् भन्ने लाग्छ । कसैले लामो यात्रामा लैजाओस् भन्ने हुन्छ ।’उनी आफू आफैमाथि भरपर्न सक्ने भएको बताउँछिन् । नायिका कार्कीले खुलेरै भनिन्-‘म २८ बर्षको उमेरमा नै एउटा सफलतामा छु । अहिले त मलाई आफू नै आफ्ना लागि पूर्ण छु जस्तो लाग्छ । कहिलेकाही यो कुराले यूवकमाथि आकर्षण नहोला भन्ने पनि छ । यो कुराले डर लाग्छ ।’

    सम्बन्धित खवर