कोरियन भाषा परिक्षा आउन अब १५ दिन बाकी…परिक्षा स्थल,दिन र सिफ्टको जानकारी जेठ १८ मा आउने…

कोरियन भाषा परिक्षा आउन अब १५ दिन बाकी…परिक्षा स्थल,दिन र सिफ्टको जानकारी जेठ १८ मा आउने…

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • कोरियन भाषा परिक्षा आउन अब १५ दिन बाकी…परिक्षा स्थल,दिन र सिफ्टको जानकारी जेठ १८ मा आउने…

    जसमध्ये उत्पादनमुलक क्षेत्रमा(मेनुमा) ४२ हजार ६ सय ३१ जना र कृषिमा (एगृमा) ३९ हजार ६ सय ४८ गरि कुल ८२ हजार २ सय ७९ जनाको आवेदन परेको थियो ।

    आवेदनको हिसाबले कृषि क्षेत्र (एगृ) भन्दा उत्पादनमुलक क्षेत्र (मेनुमा) करिब ३ हजार बढी आवेदन परेको छ ।सन २०१८ मा परिक्षा लिएर सन २०१९ का लागि उत्पादनमुलक क्षेत्रमा ४८ सय कोटा निर्धारण गरिएको छ भने कृषिका लागि २३ सय कोटा निर्धारण गरिएको छ।

    आवेदनका हिसाबले खासै फराकिलो संख्या नभएता पनि कोटाका हिसाबले कृषि क्षेत्रको कोटा भन्दा झन्डै दोब्बर भन्दापनि बढी उत्पादनमुलक क्षेत्रको रहेको छ ।

    बिगतका बर्षहरुलाई हेर्दा उत्पादनमुलक क्षेत्रमा उत्तिर्ण हुनेहरु कृषिको भन्दा धेरै र चाडो कोरिया जाने प्राथमिकतामा पर्दै आएको छ।

    कोरिया रोजगारका लागि कृषि भन्दा उत्पादनमुलक क्षेत्रमा राम्रो मानिने गर्छ किनभने कृषिमा लामो समय श्रम गर्नुपर्ने,जाडो तथा गर्मीको समयमा कठिनाइ हुने,बस्न लगाएतका सेवा सुबिधा राम्रो नभएको जस्ता गुनासा आइरहन्छ्न ।यद्यपि उत्पादनमुलक क्षेत्रको कहि कतै राम्रो नहुदा कृषिमा कार्य गर्ने कोहिको त्यो भन्दा राम्रो देखिँदा कृषिमा पनि राम्रो रहेको पनि बताइन्छ तर समग्रमा हेर्दा कृषि भन्दा उत्पादनमुलक क्षेत्र नै कोरिया रोजगारका लागि राम्रो रहेको मानिन्छ ।साथै कोरिया नेपाल अनलाइन खबरले समेत कृषि तथा उत्पादनमुलकमा रोजगार गरिरहेकाहरु संग भेटघाट तथा अवलोकन गरेर उत्पादनमुलक राम्रो भएको ठम्याइ गरेको छ।
    यसपालीको भाषा परिक्षा अबको १५ दिन पछि अर्थात जुन ९ र १०(जेठ २६ र २७ गते) हुदैछ।

    पोखराबाट पहिले आवेदन दिएका १२ हजार आवेदक बाहेक सबैले काठमाडौं केन्द्रबाट परिक्षा दिनु पर्ने इपिएस शाखाले जनाएको छ।

    यसपालीको भाषा परिक्षा कागजी माध्यमद्वारा हुनेछ भने आगामी बर्ष देखि कम्प्युटरमा आधारित हरेक बर्ष हुँदै आएको CBT जस्तै गरि PBT को परिक्षा संचालन हुदैछ ।यसको लागि भवन लगाएतका सामाग्रीको ब्यवस्था तिब्र रुपमा गरिएको इपिएस शाखाले बताएको छ।

    मानव संशाधन विकास कार्यालय (एचआरडी) कोरियाका अनुसार परीक्षाको नतिजा आगामी असार १६ गते प्रकाशित हुनेछ । परीक्षा हुने स्थल, केन्द्र, दिन तथा आफ्नो सिफ्टसम्बन्धी विस्तृत जानकारी जेठ १८ गते (जुन १ तारिख) प्रकाशन गरिने ईपीएस शाखाले बताएको छ ।

    source:कोरिया नेपाल अनलाइन खबर

    सम्बन्धित खवर