मत्सरीमा पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन

मत्सरीमा पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन

  • , 5.8K जनाले हेर्नुभयो
  • 5.8K
    SHARES

  • मत्सरीमा पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन

    रौतहट — पूर्व राजा ज्ञानेन्द्र शाहलाई शुक्रबार यहाँको दुर्गाभगवती गाउँपालिकाको मत्सरीस्थित दुर्गा मन्दिर समितिले अभिनन्दन गरेको छ । बाहिर स्थानीयको भिड बढेपछि सुरक्षाको कारण जनाउँदै उनलाई मन्दिर भित्र आयोजकद्वारा अभिनन्दन गरिएको थियो ।

    मत्सरी बजारका अधिकाश महिलाहरु उनको स्वागतका लागी मन्दिर परिसर पुगेका थिए। निर्धारित समय भन्दा झण्डै २ घण्टा ढिला पुगेका शाहले मन्दिर भित्र आधा घण्टा पुजा गरेका थिए। बाहिर उनलाई स्वागत गर्न ठूलो संख्यामा स्थानीय बसेका थिए। विभिन्न दलका स्थानीय नेता कार्यकर्ता उनलाई हेर्न मन्दिर पुगेका थिए। विक्रम सम्वत १९७४ मा निर्मित मन्दिर देवी शक्तिको पिठको रुपमा प्रख्यात छ।
    आफ्नै नीजि सवारीमा आएका पूर्व राजा शाहको स्वागतका लागि बजारमा हरियो कार्पेट बिछ्याइएको थियो। मन्दिर व्यवस्थापत समितिका अध्यक्ष विनयकुमार झाले अभिनन्दन समारोह कुनै पार्टी विशेषको कार्यक्रम नरहेको बताए। ‘यो विशुद्ध मन्दिर व्यवस्थापन समितिले अभिनन्दन कार्यक्रमको आयोजना गरेको हो,’ उनले भने,‘कार्यक्रमका लागि कुनै पार्टी वा नगरपालिकाले सहयोग गरेको छैन।’
    तत्कालीन राणा शासन विरुद्ध लडेका कांग्रेस नेता स्व. बीपि कोइराला, गणेशमान सिंह र भरतमोहन अधिकारी लगायत प्रजातान्त्रिक योद्धाहरुले सेल्टर लिई बसेको मत्सरी गाउँमा पूर्वराजालाई भव्य स्वागत गरिनुलाई अर्थपूर्ण रुपले हेरिएको छ।
    मत्सरी गाउँ नेपाल कम्यूनिष्ट पार्टीका नेता माधवकुमार नेपालका क्षेत्र पनि हो। पूर्वराजा शाहलाई कडा सुरक्षाबीच मन्दिर परिसरमा ल्याइएको थियो। भीड बढे पछि व्यवस्थित गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो।
    उनलाई स्वागत गर्न मत्सरीका बृद्धबृद्धादेखि बालबालिका समेत पुगेका थिए। बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। उनलाई अभिनन्दन गरिएको पत्रमा राजर्षि महाराज भनेर सम्बोधन गरिएको छ।
    जनताको सुख दुःखमा सहभागी भइरहने हिन्दू पौराणिक राजधर्मको मान्यता अनुरुप वाग्मतीको बाढीको कटानबाट क्षतविक्षत यस भेगको पीडितबीबिच उनको चिर प्रतिक्षित उपस्थिति यस भेगका जनसमुदायका लागि हर्ष भएको उल्लेख गरिएको छ। एउटा अभिनन्दन पत्र दिइसकेर अर्को दिने बेला पूर्व राजा शाह आफैंले तानेर पढेका थिए। कार्यक्रम ढिला भएकाले उनी हतारिएका थिए।

    प्रकाशित : जेष्ठ ११, २०७५ १९:२३

    सम्बन्धित खवर