गलत बाटो प्रयोग गरी केरुङ पुगेका दुई पक्राउ

गलत बाटो प्रयोग गरी केरुङ पुगेका दुई पक्राउ

  • , 6.6K जनाले हेर्नुभयो
  • 6.6K
    SHARES

  • गलत बाटो प्रयोग गरी केरुङ पुगेका दुई पक्राउ

    रसुवा, जेठ ११ । गैरकानुनी तवरले गलत बाटो प्रयोग गरी केरुङ पुगेका एक तिब्बतीमाथि रसुवा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार थुमनको मालालगढीतर्फ हिमाली बाटो प्रयोग गरी केरुङ पुगेका अभियुक्तलाई केरुङ प्रहरीले पक्राउ गरी रसुवा सीमा प्रहरीलाई बुझाएको छ ।

    उनलाई गलत बाटो हिँडाउन सहयोग गर्ने एक नेपालीलाई समेत नियन्त्रणमा लिइएको प्ररहीले जनाएको छ । अभियुक्त दुवैको नाम सार्वजनिक गरिएको छैन ।

    अभियुक्त तिब्बती भारतबाट आएको भन्ने सम्म जानकारी भएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । रासस

    सम्बन्धित खवर