सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने दुई जना समातिए

सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने दुई जना समातिए

  • , 4K जनाले हेर्नुभयो
  • 4K
    SHARES

  • सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने दुई जना समातिए

    ९ चैत, काठमाडौं । मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । यसअघि १ चैतमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको बा १ ब ९९१३ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

    पक्राउ पनेमा सोही मन्त्रालयका कार्यालय सहयोगी ललितपुर पुल्चोक घर भइ चितवन रत्ननगर नगरपालिका–७ का ३२ वर्षीय रमेश सुनार र उनकै भाइ चितवन रत्ननगर नगरपालिका–७ बस्ने ३० वर्षीय दिनेश सुनार रहेका छन् ।

     

    मोटरसाइकल चोरी भएपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । सोही क्रममा उक्त मोटरसाइकल दिनेशलाई दिएको खुलेको थियो । र, इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकल सहित दिनेशलाई समेत बिहीबार चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित खवर