नेकपाको केन्द्रीय समितिमा पुगेनन् एक तिहाइ महिला, दल दर्ता नै अन्यौलमा

नेकपाको केन्द्रीय समितिमा पुगेनन् एक तिहाइ महिला, दल दर्ता नै अन्यौलमा

  • , 6.9K जनाले हेर्नुभयो
  • 6.9K
    SHARES

  • नेकपाको केन्द्रीय समितिमा पुगेनन् एक तिहाइ महिला, दल दर्ता नै अन्यौलमा

    केन्द्रीय समितिमा एक तिहाइ महिला पुर्‍याउन नसक्दा नवगठित नेपाल कम्युनिष्ट पार्टी दर्तामा अन्यौलता भएको छ।

    नेकपाले मंगलबार ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्यको टुङ्गो लगाएको छ। तीमध्ये ७७ जनामात्र महिला छन्। यो संख्या एकतिहाइको आधामात्र हो।

    राजनीतिक दलसम्बन्धी ऐनको दफा १५ को ४ मा ‘दलको सबै तहको समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्ने’ प्रावधान छ।

    नेकपाकै नेतृले पार्टीको केन्द्रीय समितिमा एक तिहाइ महिला नपुगेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

    केन्द्रीय सदस्य बिन्दा पाण्डेले  नेकपा दर्ता हुँदा यश विषयमा निर्वाचन  अायाेगले ध्यान दिनुपर्ने बताएकी छन्।

    सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेकी छन्- राजनीतिक दल दर्तासम्बन्धी कानुन २०७४ काे दफा १५-४ अनुसार दल दर्ता गर्दा दलकाे सबै तहकाे समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्नेछ। नेकपा दर्ता हुदा याे लागु हुनुपर्छ की पर्दैन निर्वाचन अायाेगले ध्यान दिने नै छ ।

    ४ सय ४१ सदस्यीय नेकपाको केन्द्रीय समितिमा ७७ जना महिला  छन्। तत्कालीन नेकपा एमालेका तर्फबाट ३४ जना महिला केन्द्रीय सदस्य बनेका छन्। बाँकी ४३ भने तत्कालीन नेकपा माओवादीका तर्फबाट केन्द्रीय सदस्य भएका हुन्।

    नेकपालाई दल दर्ताका लागि १ सय ४७ जना महिला केन्द्रीय सदस्य आवश्यक हुन्छ। नेकपाले अब ७० महिला केन्द्रीय सदस्य बनाउनु पर्नेछ। त्यसका लागि अहिले मनोनयनमा परेका ७० पुरूष केन्द्रीय सदस्य बाहिरिनुपर्छ। पुरूषलाई नहटाएर महिला थप गर्दा नेकपाको केन्द्रीय समिति थप ठूलो हुन्छ।

    नेकपाले केन्द्रीय सदस्यको नामावली टुङ्गो लगाए पनि निर्वाचन आयोगमा भने अहिलेसम्म बुझाइसकेको छैन। आयोगका प्रवक्ता दिपक सुवेदीले नेकपाको तर्फबाट दर्ताका लागि आवश्यक कागजात प्राप्त नभइसकेको बताए।

    आयोगका उपन्यायधीवकता घनश्याम ओझाले सबै केन्द्रीय सदस्यको नागरिकता र विधानको फोटोकपी माग गरिएको बताए।

    ‘सबै कागजात हेरेर हामी आयोगको बैठकमा पेस गर्छौं’, ओझाले भने, ‘त्यहीअनुसार आयोग बैठकले निर्णय गर्नेछ।’

    नेकपाको केन्द्रीय समिति सदस्य तत्कालीन एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले सदस्यको टुङ्गो लगाएका थिए।

    एमालेले नेकपाका केन्द्रीय सदस्य बनाउन ४५ जना मनोनयन गरेको थियो। माओवादी केन्द्रले भने पार्टी हेडक्वाटरमा रहेका झन्डै एक सय सदस्य र अन्य एक सय नेता चयन गरेको थियो। तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सदस्य चयन गरेका हुन्।

    ‘राजनीतिक दलसम्बन्धी कानूनले गरेको प्रावधानअनुसार नै दलहरू चल्ने हो। त्यसको भावनालाई कार्यान्वयन गर्ने कुरामा हामी गम्भीर छौं,’ नेकपा केन्द्रीय सदस्य योगेश भट्टराईले भने।

    सम्बन्धित खवर