‘गोल्ड डन’ गोरे पक्राउ, इन्काउण्टरबाट धन्न यसरी जोगिए, आजै सार्वजनिक गरिने तयारी

‘गोल्ड डन’ गोरे पक्राउ, इन्काउण्टरबाट धन्न यसरी जोगिए, आजै सार्वजनिक गरिने तयारी

  • , 5.6K जनाले हेर्नुभयो
  • 5.6K
    SHARES

  • ‘गोल्ड डन’ गोरे पक्राउ, इन्काउण्टरबाट धन्न यसरी जोगिए, आजै सार्वजनिक गरिने तयारी

    काठमाडौं, ८ जेठ । नेपालमा चार वर्षमा ३८ क्विन्टल सुन भित्र्याउन सफल मास्टर माइण्डका ‘गोल्ड डन’ चुँडामणि उत्रेती उर्फ गोरे पक्राउ परेका छन् ।

    सीमानापारीबाट समातिएका गोरे अहिले प्रहरीको कब्जामा रहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको । प्रहरीले आज नै उनलाई सार्वजनिक गर्ने जनाएको छ । पछिल्लो समय साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्याका कारण चर्चामा रहेका गोरे गुण्डा नाइके मनोज पुनझै इन्काउण्टरबाट भने जोगिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

    अहिले साढे ३३ किलो सुन तस्करी र सनम हत्याको मुद्दा मोरङ जिल्ला अदालतमा चलिरहेको छ । प्रहरीका उच्च अधिकारीहरुसहित सुन तस्करमा संलग्नहरुमाथि अहिले अनुसन्धानपछि थप प्रमाणसहित कार्वाहीको प्रक्रिया चलिरहेको छ । सुन तस्करी काण्डमा ६३ जना पक्राउ परिसकेका छन् ।

    सनम शाक्यलाई सुन हराएको भन्दै यातना दिने गोरे नै भएको अदालतमा प्राप्त भिडियोहरुले प्रमाणित गरिसकेको छ । सनमको हत्यापछि गोरे फरार रहेका थिए । उनको खोजीका लागि प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले रेडकर्नर नोटिस समेत जारी गरिसकेको थियो ।

    याे पनि पढ्नुहाेस्

    सुरा, सुन्दरी र सुनमा चुर्लम्म डुबेकाे ‘गोरे’

    सुनप्रकरणमा पूर्वएआइजी कायस्थलाई किन जोगाउन खोजिंदैछ ?

    सम्बन्धित खवर