प्युठान माझकोटका टुहुरा नाबालक दाजुभाइको कठिन जिन्दगी

प्युठान माझकोटका टुहुरा नाबालक दाजुभाइको कठिन जिन्दगी

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • प्युठान माझकोटका टुहुरा नाबालक दाजुभाइको कठिन जिन्दगी

    खरले छाएको झुपडी। छानाको आधाजति खर कुहिएर नष्ट भएको छ। पानी र घाम भित्रै पस्छ। माटोमा ‘लेउ’ लागेर घरको शोभा बिग्रिएको छ। नजिक पुगेर देख्ने जो-कोहीले पनि सहजै अनुमान गर्न सक्छन्, ‘यस घरका परिवार बसाइँ सरेर कतै गइसकेछन्।’ तर, भत्किन थालेको जीर्ण घरबाटै नाबालक दुई दाजुभाइले आफ्नो भविष्यको बाटो अगाडि बढाउने प्रयास गरेका छन्। प्युठान नगरपालिका-६ माझकोट लम्छ्याङनेटाका १० वर्षीय मुकेश रोकामगर र उनका आठ वर्षीय भाइ ज्ञानेन्द्र रोकामगरको कष्टपूर्ण दैनिकी यही घरमा गुज्रिरहेको छ। अपांगता भएकी आमाको दुई वर्षअघि निधन भएको थियो। आमाको साथ टुटेपछि उनीहरूको दुःखको जिन्दगी सुरु भयो। आमाको निधनलगत्तै बुबा झुपासिंह रोकामगर भारततिर लागे। कलिलै उमेरमा आमा गुमाएका उनीहरूले बुबाको साथ र माया पनि पाउन सकेनन्। भारतबाट फर्केपछि बुबाले दोस्रो विवाह गरे। आफ्नी आमाको जस्तो माया सौतेनी आमाबाट पाउन नसकेपछि उनीहरूका दुःखका दिन सुरु भए। बुबाले समेत दुई छोराको दैनिक रेखदेख राम्रोसँग नगरेको काका नाता पर्ने फत्तेबहादुर रोकामगरले बताए। ‘कहिलेकाहीँ यिनीहरूको बुबाआमा घरमै आउँदैनन्’, फत्तेबहादुरले भने, ‘जसोतसो ज्यान पालेर बसेका छन्। घर पनि बस्न लायकको छैन।’ कलिलै उमेरका यी दाजुभाइले धेरैजसो छिमेकमा अन्न मागेर ज्यान पाल्ने गरेका छन्। दुवै जना नजिकैको धर्मावती माविमा दुई कक्षामा पढ्दै छन्। राम्रोसँग पढ्नेभन्दा धेरै चिन्ता उनीहरूलाई आफ्नो ज्यान पाल्नमै छ। आमाको मृत्युपछि उनीहरूलाई करिब एक वर्ष दाजुभाइले पालनपोषण गरेको काका फत्तेबहादुरले बताए। ‘खर बेसाएर जसोतसो घर छायौँ’, उनले भने, ‘अहिले फेरि घर छाउने बेला भएको छ तर पैसा छैन।’ घर अगाडिको पालीसमेत भत्किएको छ। घरको पिँढी भत्किएको छ, झ्यालढोका कुहिएर जीर्ण भइसकेका छन्। ‘भाइ सही लाइनको भएन’, रोकामगरले भने, ‘मलाई पनि बुढेसकाल लागिसक्यो। यिनीहरूको ख्याल अब कसले गर्ला रु चिन्ता लाग्छ।’ दाइले खाना पकाएर दिने गरेको भाइ ज्ञानेन्द्रले बताए। ‘बुबा त खासै घरमा आउनुहुन्न’, आठबर्से बालक ज्ञानेन्द्रले दुखेसो पोखे। पानी पर्दा गाउँमा गएर बस्ने गरेको उनीहरूले सुनाए। ‘आलु र भात पकाएर खान्छौँ। कहिलेकाहीँ अंकलले चामल दिनुहुन्छ’, उनले भने। अहिले अलिकति भएको उनीहरूको जग्गा पनि बाँझै छ। अभिभावकको साथ नपाएपछि यी बालकको भविष्य सानै उमेरदेखि संघर्षपूर्ण भएको धर्मावती मावि माझकोट लम्छ्याङनेटाका प्रधानाध्यापक युवराज भण्डारीले बताए। ‘विद्यालयमा निःशुल्क नाम लेखाउने व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘केही संघसंस्थाले कापी कलम निःशुल्क दिएका छन््।’ विपन्न परिवारमा जन्मेका बालकको पालनपोषणका लागि धेरै समस्या देखिएको उनको भनाइ छ। आमाको मृत्युपछि दुई छोराले धेरै दुःख पाएको छिमेकी एवं वडा कार्यालयका सदस्य ईश्वरबहादुर पुनले बताए। ‘घर छाउने व्यवस्था मिलाउन पहल गरेका छौँ’, उनले भने, ‘तर, उनीहरू सानै छन्। दीर्घकालसम्म रेखदेख आवश्यक छ।’ दिनानुदिन बढ्दै गएको चिसोमा उनीहरूलाई दिन कटाउन पनि अहिले समस्या भएको छ। अन्नपुर्ण पोस्ट बाट

    Read more at: http://himchulikhabar.net/2018/05/22/32834/

    सम्बन्धित खवर