टिपरको ठक्करबाट भक्तपुरमा तीनको घटनास्थलमै मृत्यु

टिपरको ठक्करबाट भक्तपुरमा तीनको घटनास्थलमै मृत्यु

  • , 5K जनाले हेर्नुभयो
  • 5K
    SHARES

  • टिपरको ठक्करबाट भक्तपुरमा तीनको घटनास्थलमै मृत्यु

    काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौंतर्फ आउँदै गरेको टिपरको ठक्करबाट तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बा ३ ख ६६७४ नम्बरको टिपरले सोही दिशामा रहेको बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

    टिपरको ठक्करबाट स्कुटरमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । सुर्यविनायक नगरपालिकाका – ९ नलिन्चोकमा दिउँसो करीब १२ बजे तिर टिपरले स्कुटरलाई ठक्कर दिएको थियो ।

     

    मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, ४० वर्षीया सविता घिमिरे र उनका छोरा १३ वर्षीय अवीन्द्र घिमिरे रहेका छन् ।

    तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चालक भने फरार छन् ।

    यो।खबर हामी रेडियो कान्तिपुुर बाट लिएका हौ।

    सम्बन्धित खवर