दुई वर्षकी छोरी छोडेर ६ लाख रुपैयासहित ३ तोला सुन लिएर बिदेशिको श्रीमती वेपत्ता !!!

दुई वर्षकी छोरी छोडेर ६ लाख रुपैयासहित ३ तोला सुन लिएर बिदेशिको श्रीमती वेपत्ता !!!

  • , 5K जनाले हेर्नुभयो
  • 5K
    SHARES

  • दुई वर्षकी छोरी छोडेर ६ लाख रुपैयासहित ३ तोला सुन लिएर बिदेशिको श्रीमती वेपत्ता !!!

    पाल्पाको तानसेन नगरपालिका –१२, बौघापोखराथोककी तुलसा विक दुई वर्षकी छोरी घरमै छोडेर वेपत्ता भएकी छन् ।

    परदेशमा रहेका श्रीमान् नेपाल आउने थाहा पाएपछि तुलसा छोरीलाई घरमै छोडेर हिँडेकी ससुरा दलबहादुर विकले जानकारी दिए ।

    २० वर्षीया तुलसा गएको आइतबारदेखि पैसा र गरगहना लिएर सम्पर्कविहीन भएको भन्दै दलबहादुरले जिल्ला प्रहरी कार्यालय पाल्पामा खोजीका लागि निवेदन दिएका छन् । तुलसाका श्रीमान अमर त्यही दिन काठमाडौं आइपुगेका थिए । तुलसा पैसा निकाल्न बैङ्कमा जान्छु भनेर घरबाट हिँडेको उनले बताए ।

    तुलसाकी सासू उजेली र ससुरा दलबहादुरका अनुसार छोरोले डेढ वर्षमा बुहारीकै नाउँमा दुबईबाट पठाएको झण्डै ६ लाख रुपैया र ३ तोला सुनका गरगहना लिएर उनी हिँडेकी हुन् ।

    श्रीमान विदेश गएपछि तुलसा धेरै समय मोबाइलमै व्यस्त हुने गरेको सासूससुराले बताएका छन् । ‘पाइखाना जाँदा पनि कानमा तार लगाएर कुरा गर्थी’, सासु उजेलीले भनिन्, ‘बुहारीलाई त्यै फोनले बिगार्यो ।’ नातिनी आमा खोज्दै रातदिन रुने र खाना खान पनि नमानेको बताउनुभयो ।

    सम्बन्धित खवर