यी हुन् दिल्लीको नजरमा तीन प्रतिभाशाली खेलाडी, सन्दीप पहिलो

यी हुन् दिल्लीको नजरमा तीन प्रतिभाशाली खेलाडी, सन्दीप पहिलो

  • , 6.8K जनाले हेर्नुभयो
  • 6.8K
    SHARES

  • यी हुन् दिल्लीको नजरमा तीन प्रतिभाशाली खेलाडी, सन्दीप पहिलो

    काठमाडौं । दिल्ली डेयरडेभिल्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) विश्लेषण गर्दै ३ प्रतिभाशाली खेलाडी पहिचान गरेको छ । दिल्लीले आईपीएलमा आफ्नो खेलको दौरानमा खेलाडीले देखाएको प्रदर्शन र क्षमताका आधारमा खेलाडी पहिचान गरेको हो ।

    दिल्लीका लागि यो सिजन उपलब्धिमूलक नभए पनि प्रस्तुति शानदार रह्यो । यो सीजनमा सुरूका दुई म्याचमा पराजित भए पनि अन्तिम दुई म्याचमा शानदार जीत पनि निकालेको थियो । दिल्लीको अन्तिम दुई खेलमा जीत महत्वपूर्ण छ, किनभने दिल्लीले दुई पटकको आईपीएल विजेता चेन्नई सुपरकिंग्स र ३ पटकको आईपीएल विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो ।

    दिल्लीले १४ मा ६ म्याच जित्न सफल भयो । महत्वपूर्ण कुरा, विगतका च्याम्पियन टिमलाई दुवै पटक दिल्लीका खेलाडीले हराए । यद्यपि दिल्ली प्लेअफका लागि क्वालिफाइ हुन सकेन । तर यसका बाबजूद पनि केही यस्ता खेलाडी भेटिए, जसको प्रदर्शन सधैं दिल्लीले स्मरण गर्नेछ । यो सीजनमा दिल्लीका लागि ऋषभ पन्तले ६८४ रन बनाए । त्यस्तै, ट्रेन्ट बोल्टले १८ विकेट लिए ।

    दिल्लीका लागि यो सिजनका ३ महत्वपूर्ण खेलाडी

    सन्दीप लामिछाने
    दिल्लीका लागि यो सिजनमा केही नयाँ प्रतिभावान खेलाडीहरुले यस्तो प्रदर्शन गरे कि जुन स्मरणयोग्य छन् । यसमा सबैभन्दा पहिलो नाम हो, नेपालका लेग स्पिनर सन्दीप लामिछानेको । उनले जति अवसर पाए, त्यसको भरपूर फाइदा उठाए । लामिछानेलाई ३ म्याचमा लगातार अवसर मिल्यो । यी ३ म्याचमा उनले १६ः४४ को औसतबाट ५ विकेट लिए । यस क्रममा लामिछानेले ६ः८३ को इकोनमीबाट रन खर्च गरे । जुन एक टी–ट्वान्टी म्याचका लागि अत्यन्तै उत्कृष्ट हो । मुम्बई इन्डियन्सविरुद्धको अन्तिम खेलमा सन्दीपले अमित मिश्रसँग मिलेर दिल्लीको जीतका लागि अहम् भूमिका निभाए ।

    पृथ्वी शा
    त्यस्तै, अर्का खेलाडी हुन्, पृथ्वी शा । दिल्लीका लागि दुवै विदेशी सलामी ब्याट्सम्यानले राम्रो शुरूवात गर्न असफल भएपछि भारतका अण्डर–१९ टिमलाई च्याम्पियन बनाउने कप्तान पृथ्वी शालाई मौका दिइयो । शाले कुशल ढंगबाट यसको फाइदा उठाए र ९ म्याचमा २४५ रन बनाए । पहिलो म्याचमै पृथ्वीले १० बलमा २२ रनको पारी खेले । त्यसपछि दिल्लीका लागि उनले लगातार मौका पाए । कोलकाता विरुद्ध शवले ६२ रनको शानदार पारी खेले । यो सिजनमा शवले १५३ को स्ट्राइक रेटले रन बनाए ।

    अभिषेक शर्मा
    दिल्लीले खोज गरेका खेलाडीमा तेस्रो नम्बरमा छन् अभिषेक शर्मा । जसले पहिलो खेलमा नै आफूतिर सवैको ध्यान आकर्षित गरेका थिए । रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध अभिषेकले केबल १९ बलमा ४६ रन बनाएर आफ्नो सानो ट्रेलर देखाए । जसबाट आगामी समय उनीबाट अझै बढी आशा पलाएको छ । यद्यपि अभिषेकलाई वलिङको मौका मिलेन ।

    सम्बन्धित खवर