राष्ट्रकवि घिमिरे अस्पतालमा, आन्तरिक रक्तश्राव रोकिएन

राष्ट्रकवि घिमिरे अस्पतालमा, आन्तरिक रक्तश्राव रोकिएन

  • , 5.6K जनाले हेर्नुभयो
  • 5.6K
    SHARES

  • राष्ट्रकवि घिमिरे अस्पतालमा, आन्तरिक रक्तश्राव रोकिएन

    काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । ९९ वर्षीय घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । तर, छोरा राजीव घिमिरेका अनुसार राष्ट्रकविको आन्तरिक रक्तश्राव रोकिएको छैन ।

    घिमिरे पछिल्लो केही महिनादेखि अस्वस्थ छन् । बेलाबेला अस्पताल भर्ना नै गर्ने गरिएको थियो । पछिल्लो पटक उनी ७/८ दिनअघि अस्पतालमा भर्ना भएका थिए । उनको अहिले हाईकेयर वार्डमा उपचार भइरहेको छ । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ । साथै आन्तरिक रक्तश्राव पनि भइरहेको छ ।

    ‘अहिलेसम्म चार प्वाइन्ट रगत दिइएको छ । तर, अझै आन्तरिक रत्तश्राव रोकिएको छैन,’ घिमिरेले भने ।

    उनका अनुसार चिकित्सकहरुले इन्टेरस्कोपी गर्नु पर्ने बताएका छन् । तर, नेपालमा विज्ञको अभाव भएकाले भारतबाट बोलाउन अस्पतालले समन्वय गरिरहेको छ । नभए भारतमा लगेर उपचार गर्नुपर्ने हुन सक्ने राष्ट्रकविका कान्छो छोरा राजीवले बताए ।

    सम्बन्धित खवर