एकतापछि पूर्व एमालेमा रडाको, भीम रावलले प्रम ओलीलाई यसरी थर्काए

एकतापछि पूर्व एमालेमा रडाको, भीम रावलले प्रम ओलीलाई यसरी थर्काए

  • , 4.3K जनाले हेर्नुभयो
  • 4.3K
    SHARES

  • एकतापछि पूर्व एमालेमा रडाको, भीम रावलले प्रम ओलीलाई यसरी थर्काए

    काठमाडौं । दुई बामपन्थी दल एकीकरण घोषणामा सम्भावना बोकेका नेताहरुलाई पाखा लगाउन षड्यन्त्र भएको भन्दै नवगठित नेपाल कम्युनिष्ट पार्टी भित्र असन्तुष्टि बढेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

    दुई दलको एकीकरण प्रकृयामा महत्वपूर्ण भूमीका निर्वाह गरेका भीम रावल असन्तुष्ट रहेको सार्वजनिक भएको छ । रावलसंगै एमाले महासचिव रहेका ईश्वर पोखरेल, सचिव योगेश भटटराई ,उप महासचिव घनश्याम भुषाल, सुरेन्दै पाण्डे, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि असन्तुष्ट बनेको खवर सार्वजनिक भएको छ ।

    राष्ट र राष्टियताका पक्षमा कडा अडान राख्ने नेता रावलले प्रधानमंत्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयन पछि मात्रै भ्रमण सफल वा असफल हुने भन्दै भारत जानुलाई मात्र उपलब्धिकारुपमा ब्याख्या गर्न नहुने धारण सार्वजनिक गरेका थिए ।

    भारतिय प्रधानमंत्री नरेन्द्र मोदीले पहिलो पटक नेपाल भ्रमण गर्दा भएका सम्झौता कार्यान्वयन नभएको तर्फ सरकार सचेत हुनु पर्ने उनको धारणा रहेको थियो । अछाम जिल्लाका रावल २०३२ सालमा पढाईको शिलशिलामा राजधानी प्रबेश गरेसंगै बामपन्थी राजनितिमा सक्रिय बनेका थिए । बिधार्थी कालमा संगठन निर्माणकालागि पैदल यात्रा गर्दै नारायणघाट काठमाडौं ओहर दोहर गरेका रावललाई अखिलको नेतृत्वमा आउन नदिने षड्न्त्र भएको थियो । सरकारमा सहभागिताका सन्र्दभमा प्रदेश नं. ७ लाई बेवास्ता गरेकोबाट केपी ओली संग भीम रावल चिढीएको बताईएको छ ।

    सम्बन्धित खवर