मधेश प्रदेश र मिथिला प्रदेशका लागि प्रदेश नम्बर २ का सांसद आधाआधा,

मधेश प्रदेश र मिथिला प्रदेशका लागि प्रदेश नम्बर २ का सांसद आधाआधा,

  • , 6.6K जनाले हेर्नुभयो
  • 6.6K
    SHARES

  • मधेश प्रदेश  र मिथिला प्रदेशका लागि प्रदेश नम्बर २ का सांसद आधाआधा,

    जनकपुर– प्रदेश २ को प्रदेश संसद गठन भएको पाँच महिना पुग्न लागिसक्यो । तर हालसम्म प्रदेशको नाम के राख्ने भन्नेमा भने छलफल सुरु हुन सकेको छैन ।  मधेश प्रदेशको माग गर्दै  कुनै बेला आन्दोलन समेत गरिएको थियो । तर, सोहि प्रदेशको नाम के राख्ने भन्नेमा  हालसम्म पनि अन्योलता कायम रहेको हो ।

    मधेश प्रदेशको माग गर्दै भएका आदोलनमा दर्जनौंले ज्यानै गुमाए रतर सोहि नाम अहिले धरापमा परेको छ । मधेस बाहेक २ नम्बर प्रदेशको नाम मिथिला  राख्नुर्नेमा आवाज पनि उठेको छ ।
    पछिल्लो समय मधेश प्रदेश  र मिथिला प्रदेशका लागि प्रदेश नम्बर २ का सांसद आधाआधा भएका छन् ।

    २०७४ माघ २१ गते प्रदेश संसदको पहिलो बैठक बसेको थियो । संसदमा, संसदीय दलका नेताहरुका बीचमा अनौपचारिक छलफल भएपनि त्यसले औपचारिकता पाएको छैन ।

    प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकार छ । यी दुई दल मधेश प्रदेशको पक्षमा रहेका छन् तर उनीहरुको बहुमत नपुगेको कारण हालसम्म प्रस्ताव नलगिएको अन्य दलहरुको आरोप छ ।

    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक महिनाअािघ संसदमा रहेका दलहरुलाई बोलाएर प्रदेशको नामाकरणको विषयमा छलफल गरेका थिए  । तर दलहरुले आ–आफ्नो अडानमा कायम रहेपछि कुनै निष्कर्ष निस्केको थिएन ।

    त्यसयता कुनै छलफल नभएको नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सांसद रामचन्द्र मण्डलले बताए । सत्तारुढ दलले प्रस्ताव लैजाने भएपनि  उनीहरुसँग बहुमत नभएको कारण ढिलाई भएको नेकपा र काँग्रेसका सांसदको आरोप छ ।

    नेपाली काँग्रेस मिथिला प्रदेशको पक्षमा छ भने नेकपा मिथिला–भोजपुरा प्रदेशको पक्षमा रहेको छ । यता राजपा र फोरम नेपालले मधेश प्रदेश हुनुपर्ने अडान लिँदै आएको छ  । त्यसमा कतिपय नेताहरुले मध्यप्रदेश नाम हुनुपर्ने पनि भनिरहेका छन् ।

     

    यसरी प्रदेश नामाकरणको विषयमा संसदमा रहेका चार दलको तीनवटा फरक फरक धारणा आएका छन् । प्रदेशको नामकरण सर्वसम्मतिले भएन भने संसदबाट पास गराउनका लागि दुई तिहाई बहुमत चाहिन्छ । जुन कुनै दलसँग छैन ।

    प्रदेश संसदमा १०७ सांसद रहेका छन् । राजपा, फोरम र एउटा  स्वतन्त्र गरि सत्तारुढ दलसँग ५४ सांसद रहेका छन् भने नव गठित नेकपासँग ३४ सांसद छन् । त्यस्तै नेपाली काँग्रेससँग १९ सांसद मात्र रहेका छन् ।

    राजपा र फोरमलाई नेकपाले सहयोग गरे मात्र प्रदेशको नामाकरण हुने देखिन्छ । जब कि यी तीन दलको बीचका कुरा मिल्ने सम्भावना धेरै कम रहेको बुझिन्छ । तत्कालिन माओवादी र एमालेले पहिलादेखि नै त्यो क्षेत्रलाई मिथिला भोजपुरा राख्नुपर्ने भन्दै आएको थियो ।

    नेकपाका नेता रामचन्द्र झाले आफ्नो पार्टी मिथिला प्रदेशको पक्षमा शुरुदेखि नै रहँदै आएको बताए । उनले भने, ‘मिथिला भोजपुराको विषयमा छलफल गर्न सकिन्छ, त्यसमा मिल्न सकिने सम्भावना छ तर मधेश प्रदेशको नाममा कुनै पनि हालतमा कुरा मिल्दैन ।’

    प्रदेश सांसद मण्डलले पनि समाजिक अन्तरद्धन्द कम गर्नका लागि पनि मिथिला–भोजपुरा हुनुपर्ने बताए । यो नाम भयो भने मैथिली तथा भोजपुरी भाषाभाषीका प्रतिनिधित्व हुन्छ ।
    ‘मधेश प्रदेशको माग भावनात्मक माग हो तर मिथिला भोजपुर प्रदेशको माग समाजको अन्तरसम्बद्धसँग सम्बब्धित रहेको छ’, उनले भने ।

    नेपाली काँग्रेसका प्रदेश सांसद सरोज यादवले आफ्नो पार्टी मिथिला प्रदेशको पक्षमा रहेको प्रतिकृया दिए । दुई नम्बर प्रदेशको जनस्तरको माग मिथिला प्रदेश हो र यसले यो प्रदेशको प्रतिनिधित्व गरेको उनले दावी गरे ।

    तर प्रदेश २ को नाम के हुने भन्नृ विषयमा हालसम्म कुनै औपचारिक प्रस्ताव नआएको उनले गुनासो गरे । उनले भने, ‘प्रदेशको नाम के राख्ने हो त्यसको प्रस्ताव सत्तारुढ दल अर्थात सरकारको तर्फबाट आउनुपर्ने हो । प्रस्ताव आएपछि त्यसमा छलफल भएर मात्र कुनै निष्कर्ष निस्किन्छ भित्रभित्रै राखेर कुनै निष्कर्ष निस्किदैन ।’

    मुख्यमन्त्री राउतले प्रदेशको नाम मधेश राख्ने भन्दै हिँडेको पनि उनले आरोप लगाए । अन्तरवर्ता तथा विभिन्न कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशको नाम मधेश हुनुपर्ने मन्तव्य दिइरहेको तर आफूहरुसँग छलफल नगरेको उनको गुनासो छ ।

    उनी भन्छन्, ‘मिथिला प्रदेशको माग गर्दै जनकपुरमा धर्ना बस्दा बम विस्फोटमा पाँचजनाको ज्यान गएको थियो । त्यसैले मिथिला प्रदेश हुनुपर्ने धेरैको माग गरहेको छ ।’

    त्यसो २०६३÷०६४ देखि हालसम्म भएको मधेश आन्दोलनको माग नै एक मधेश एक प्रदेश हो । पहिलो मधेश आन्दोलनमा २१ वटा जिल्लालाई एउटै मधेश प्रदेश बनाउनुपर्ने माग गरिएको थियो ।

    २०६४ फागुन १६ गते सरकारसँग भएको सम्झौत अनुसार मधेश प्रदेश बनाउने सहमति पनि भएको थियो  । तर,  पछि त्यसलाई कार्यान्वयन नगर्दा आन्दोलन भएको राष्ट्रियसभाका सदस्य एवं राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले बताए ।

    राजपा नेपालका वरिष्ठ नेता एवं प्रदेश २ का वन तथा पर्यटन मन्त्री रामनरेश राय यादवले प्रदेशको नाम के राख्ने भन्ने विषयमा अहिले कुनै छलफल नभएको बताए ।

    जेठ १० गतेदेखि शुरु हुने प्रदेश संसदमा प्रदेशको नामाकरण विषयमा प्रस्ताव जान सक्ने बताउँदै उनले राजपा र फोरम मधेश प्रदेशको पक्षमा रहेको भएपनि अन्यदललाई समेत मनाउने प्रयास भइरहेको बताए ।

    दुई महिना अघि एक समाजिक संस्था ‘तराई मधेश राष्ट्रिय परिषद्’ले मध्येप्रदेशको माग गर्दै विभिन्न दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएको थियो ।source:tibrakahabar

    सम्बन्धित खवर