दलितसँग विवाह गरेपछि बाबुको काज किरिया गर्नबाट बञ्चित

दलितसँग विवाह गरेपछि बाबुको काज किरिया गर्नबाट बञ्चित

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • दलितसँग विवाह गरेपछि बाबुको काज किरिया गर्नबाट बञ्चित

    मोरङ, मोरङको पथरीशनिश्चरे ४ का एक युवकले दलित युवतीसँग विवाह गरेका कारण आफ्नो बाबुको काज किरिया गर्नबाट बञ्चित भएका छन् । गत जेठ १ गते आफ्ना बाबु धनबहादुर श्रेष्ठको निधन भएपछि पुरोहितको सहयोगमा गरिने दैनिक काजकिरियाको कर्मबाट यादव श्रेष्ठ वञ्चित भएका छन् ।

    रेखा विश्वकर्मासँग डेढ वर्षअघि प्रेम विवाह गरेका परिवारका एक्लो छोरा श्रेष्ठले बाबुको दागवत्ती दिन पाएपनि त्यसैबेलादेखि पुरोहितबाट गरिने कर्मबाट भनें उनी बञ्चित भएका हुन् ।

    आफुले दलित भनिएकी युवतीसँग विवाह गरेका कारण कुनैपनि पुरोहितले आएर काजकिरियाको कर्म नगरिदिएपछि श्रीमतीसहित आफू त्यसै झोक्राएर १३ दिनसम्म बस्ने बाहेक धार्मिक एवम् संस्कारिक कर्म केही गर्न नपाएको श्रेष्ठले दुखेसो पोखेका छन् ।

    व्राह्मण पुरोहितहरु आएर काजकिरिया गराउन नमानेको उनले दुखेसो पोखे । ‘आफैं चोखो गरेर आफ्नै तरिकाले बारेर वसेका छौं’ उनले भने, ‘बाबुको काजकिरियासमेत गर्छु भन्दा पण्डितहरु आएनन् ।’ उनको छोरो जन्मिएको बेला न्वारनमा समेत पुरोहित नआउँदा त्यसै आफैंले चोख्याएको यसअघिको पीडा छ ।

    पुरोहितका रुपमा कर्म गरिदिनका लागि ब्राह्मणहरु मात्र नभएर नेवार जातिका गुभाजुहरुसमेत आउन नमानेको उनको दुखेसो रहेको छ । आफन्तहरुले पनि कुनै केटी नपाएर विश्वकर्मा केटी विहेगरेपछि यस्तै अप्ठेरो हुने भन्दै असहयोग गर्ने गरेको उनको भनाइ रहेको छ । मृत्तककी बुहारी रेखाले ससुरा बुबा हुँदा उहाँले विभेद नगर्नु भएको र आफैंले पकाएर खुवाउँदा खुवाउँदै आफ्नै काखमा प्राण गएको भन्दै खान हुने तथा काजकिरिया गर्न नहुने भन्दै आक्रोस समेत व्यक्त गरिन् ।

    ससुरालीतर्फका आफन्तहरु आएर दैनिक वस्ने र सहयोग गर्ने गरिरहेका छन् । पहिलो दिनदेखि नै पुरोहित नपाएपछि १३ दिनसम्म गरिने काजक्रिया कर्म आफैं गहुँत खाएर ७ दिनमा चोखिने कुरा समेत उनीहरु पुगेका छन् ।

    यता पथरीशनिश्चरे वडा नम्बर ४ का अध्यक्ष गोविन्द भण्डारीले भने आफूलाई यो विषयमा जानकारी नभएको बताएका छन् । उनले भखरैमात्रै थाहा पाएको र अब बुझ्ने बताए ।

    Satyakhabar.comबाट

    सम्बन्धित खवर