नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती पक्राउ

नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती पक्राउ

  • , 4.7K जनाले हेर्नुभयो
  • 4.7K
    SHARES

  • नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती पक्राउ

    काठमाडौं । नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती कुवेतमा पक्राउ परेका छन् । सिन्धुपाल्चोक ठुलोपाखरकी मिना लामा र उनका श्रीमान श्याम कुमार लामालाई दुबईको प्रहरीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो ।

    पक्राउ परेकी मिनालाई प्रहरीले इन्टरपोलको सहयोगमा आइतबार नेपाल ल्याएको छ भने उनका श्रीमानलाई आगामी साता ल्याउने तयारी गरेको छ । महानगरीय अपराध महाशाखाका डिएसपी मनोहर भट्टका अनुसार उनीहरुले सिन्धुपाल्चोककै प्रिती तामाङलाई कुबेत लगेर बेचेका थिए ।

    प्रितीलाई कुबेत लगेर बेच्ने विजय तामाङलाई गत भदौमा महाशाखाले पक्राउ गरी मुद्दा दायर गर्दा सो गिरोहका नाइके मिना र श्याम भएको खुलेको हो । उनीहरु कुवेतमै बसेर यस्तो धन्दामा सक्रिय रहेका खुलेपछि नेपाल प्रहरीले रेड कर्नर नोटिसका लागि प्रक्रिया अघि बढाएको छ । उनीहरुले कुबेतमा बसेर सयौं नेपाली चेलीहरुलाई बिक्रि गरेको प्रहरी अनुमान छ ।

    source:news18nepal

    सम्बन्धित खवर