विमान दुर्घटनापछि ट्राफिक कन्ट्रोलका ६ कर्मचारीको सरुवा

विमान दुर्घटनापछि ट्राफिक कन्ट्रोलका ६ कर्मचारीको सरुवा

  • , 4.7K जनाले हेर्नुभयो
  • 4.7K
    SHARES

  • विमान दुर्घटनापछि ट्राफिक कन्ट्रोलका ६ कर्मचारीको सरुवा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावर एटीसीमा कार्यरत ६ जना कर्मचारीको सरुवा गरिएको छ । युएस बंगला एयरको विमान दुर्घटनाका बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावर एटीसीमा कार्यरत रहेका ६ जना कर्मचारीको सरुवा गरिएको हो ।

    उनीहरुलाई अर्को विभागमा सरुवा गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

    दुर्घटना भएपछि एटीसीका कर्मचारी ‘सक्ड’ हुने भएकाले अन्य विभागमा सारिएको हो । एटीसीका अधिकारीले आफ्नो आँखै अगाडि त्यति ठूलो दुर्घटना देख्दा उनीहरु सक्ड हुनसक्ने भएकाले अन्य विभागमा सरुवा गरिएको उपमहानिर्देशक पोखरेलले बताए । —-    – epsworkchannel.com फोटो: Google

    सम्बन्धित खवर