सडक मर्मत गर्न ढिलाइ गर्ने ठेकेदार पक्राउ

सडक मर्मत गर्न ढिलाइ गर्ने ठेकेदार पक्राउ

  • , 4.9K जनाले हेर्नुभयो
  • 4.9K
    SHARES

  • सडक मर्मत गर्न ढिलाइ गर्ने ठेकेदार पक्राउ

    सडक मर्मत गर्न ढिलाइ गर्ने ठेकेदार पक्राउ

    पोखरा । गृहमन्त्रालयको जारी निर्देशन अनुसार कास्कीमा सडक मर्मतमा ढिलाइ गर्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ ।

    पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गर्ने निर्माण व्यवसायी सुरेन्द्र बस्नेतलाई आज प्रहरीले पक्राउ गरेको हो ।

    बस्नेतले आर्थिक वर्ष ०७३,७४ को जेठमा असारभित्रै सक्ने गरी सम्झौतागरेका थिए । तर समयमै सक्न सम्भव नभएको भन्दै गत आर्थिक वर्षको चैत सम्मका लागि सम्झौता थप गरिएको थियो । चैत्रमै सक्नुपर्ने काम भएपनि हाल हालसम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको सडक ढिभिजन कार्यालय पोखराले जनाएको छ ।

    गिटी छरेर सडक निर्माणमा ढिलाइ गरेपछि धुलो र दुर्घटना बढेको भन्दै स्थानीयले विरोध गरेका थिए ।-News24 Nepal TV

    सम्बन्धित खवर