पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • , 13.1K जनाले हेर्नुभयो
  • 13.1K
    SHARES

  • पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    चितवन — नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेका कारण आइतबार बिहानदेखि यातायात अवरुद्ध भएको छ ।

    नारयणगढ–मुग्लिन खण्डमा भएको सडक जाम । फाइल तस्बिर : कान्तिपुर

    चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार इच्छाकामाना गाउँपालिका–६ को चेपेखोलामा आइतबार बिहान पाँच बजे ठुलो पहिरो गएको हो।
    पहिरो हटाउन सुरु भए पनि केही समय लाग्न सक्ने प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण सडकमा सयौं गाडी र हजारौं यात्रु रोकिएका छन्।
    गाडी चल्न थाले पछि हुने सडक पार गर्न हुने तछाड मछाडका कारण सडक जाम हुने भएकाले बाटोमा रहेका गाडीलाई आफ्नो लेनमा मात्रै चलाउन प्रहरीले आग्रह गरेको छ।

    सम्बन्धित खवर