पाइलट र ट्राफिक कन्ट्रोलरबीचको संवाद आउट भएपछि सीआइबीको यस्तो आपत्ति

पाइलट र ट्राफिक कन्ट्रोलरबीचको संवाद आउट भएपछि सीआइबीको यस्तो आपत्ति

  • , 4.3K जनाले हेर्नुभयो
  • 4.3K
    SHARES

  • पाइलट र ट्राफिक कन्ट्रोलरबीचको संवाद आउट भएपछि सीआइबीको यस्तो आपत्ति

    विमान दुर्घटनाअघि ट्राफिक कन्ट्रोलर र पाइलटबीचको कुराकानी आउट भएपछि उक्त संवाद आउट कसले गर्यो भन्ने विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान सुरु गरेको छ ।

    सबैखाले गोप्य सूचनालाई सार्वजनिक गर्न नमिल्ने भन्दै सीआइबीले छानबिन सुरु गरेको हो । सोमबार भएको दुर्घटना भन्दा पहिलेको कुराकानी जताततै फैलिन थालेपछि यस्तो कदम चालिएको हो ।

     

    विमान दुर्घटना हुनुपूर्व भएको सम्वाद आउट विषयमा सीआईबीले छानविन थालेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

    नबाहिरिनुपर्ने गोप्य सूचना बाहिरिएको भन्दै महाप्रबन्धक क्षेत्रीले भने, ‘आजको युगमा मोवाईलबाट पनि फ्रिक्वन्सी लिन सकिन्छ । तर हामीले एरयलाईन्सहरुलाई ‘भिएचएफ’ दिएका हुन्छौं । जसले सूचना रिसिभ गर्न मात्रै मिल्छ ।

    कसले सूचना आउट गरेको हो हामी अनुसन्धान गरिरहेका छौं ।’गोप्य सूचना नेपाल वा अन्य कुनै देशबाट पनि आउट हुन सक्ने भन्दै क्षेत्रीले त्यसको छानविन गर्न सीआईबीको जिम्मा लगाईएको बताए । यसको बारेमा सत्यतथ्य केही दिनमा आउने जानकारी दिँदै दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाए ।

    tvannapurna

    सम्बन्धित खवर