सवारी दुर्घटनामा ४ जना घाइते

सवारी दुर्घटनामा ४ जना घाइते

  • , 7K जनाले हेर्नुभयो
  • 7K
    SHARES

  • सवारी दुर्घटनामा ४ जना घाइते

    चितवन । नारायणगढ मुग्लिन सडकखण्डको गाईघाटमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका २९ गाईघाटमा नाारयणगढबाट मुग्लिन तर्फ जाँदै

    गरेको ना ४ ख २२०२ नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग २ च ४७६ नम्वरको कारलाई ठक्कर दिदा कारमा सवार ४ जना घाइते भएका हुन् । घाइते हुनेमा गोरखा ठिमुरो स्रोह वडा नः ९ का कार चालक विनोद श्रेष्ठ, सोही स्थानका बर्ष २२ का अन्जन कुँवर, सोही स्थानकै २६ बर्षका सुरज कुँवर र ललितपुरका भिम मास्के घाइते भएका हुन् । घाइतेमध्ये सुरज र अन्जनको अवस्था अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुको उपचार चितवन मेडिकल कलेजमा भैरहेको छ । ठक्कर दिने ट्रक र चालक जुगेडी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    source:hamrokhabar

    सम्बन्धित खवर